शेयर बजारमा निरन्तर गिरावट, पौने १ अर्बले घट्यो कारोबार

काठमाडौं । मंगलबार देखि घटेको शेयर बजार साताको पहिलो दिन आइताबार पनि घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.६४ अंकले घटेको शेयर बजार आइतबार पनि दोहोरो अंकले घटेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स […]

देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा

दमौली । तनहुँको देवघाट र चितवन जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बनेपछि स्थानीयवासीले वैकल्पिक पुलको माग गरेका छन् । सो पुल हुँदै दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने गर्छन् । पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ । वि.सं २०३७ मा सो पुल निर्माण भएको थियो । अब पुल यात्रु धान्न नसक्ने अवस्थामा जीर्ण […]

अपि पावरको नाफा ४५ प्रतिशतले बढ्ये

काठमाडौं । अपि पावर कम्पनीले आफनो नाफामा ४५ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा ३१ करोड १६ लाख नाफा कमाएको छ । जुन गत आवाको सोहि अवधिको तुलनामा ४५.४० प्रतिशतले वृद्धिदर हो । गत आवमा कम्पनीले २१ लाख ४३ हजार नाफा कमाएको थियो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएसँगै […]

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ९ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा ९.४४ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा ४६ करोड ८१ लाख नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९.४४ प्रतिशतले बढी हो । कम्पनीले गत आवमा ४२ करोड ७७ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको आम्दानी र खुद […]

बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

एनएलजी इन्स्योरेन्सको ३ लाख १७ हजार कित्ता सेयर लिलामीमा आजसम्म मात्र आवेदन दिन सक्ने

काठमाडौं ।  एनएलजी इन्स्योरेन्सको ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन हो । आइतबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले माघ २० गतेदेखि संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर लिलामीमा ल्याएको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम […]

इमेज सहकारीले बचतकर्ताको १ लाख सम्म फिर्ता गर्दै

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई १ करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो । ढोरपाटनका ९२ बचतकर्ताले रु ३७ लाख प्राप्त गर्नेगरी चेक बुझेका छन् […]

किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र

भोजपुर । यस वर्ष भोजपुरबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । यहाँ नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार गरिएको भए पनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने गरेको कृषि […]

बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब बढी लगानीयोग्य रकम, कर्जाको माग न्यून

काठमाडौं । अर्थतन्त्र चलयमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता कायम रहेको छ । हाल बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब २३ अर्ब रुपैयाँ तरलता (लगानीयोग्य) रकम रहेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दै गएको छ भने कर्जाको माग हुन सेकेको छैन । नेपाल राष्ट्र बैंकको माघ २१ गतेसम्मको तथ्याङ्कअनुसार बैंक तथा […]

आईएमई लाइफ इन्स्योरेन्सले ३ विधामा जित्यो इमर्जिङ एसिया अवार्ड

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौँ संस्करणको “इमर्जिङ एसिया अवार्डमा ” तीन विधामा अवार्ड जित्न सफल भएको छ । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला गरि तीन विधाको अवार्डमा जित्न सफल भएको छ । यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेको थियो । यस कार्यक्रमले […]