स्वास्थ्य बीमाले सुरु गर्यो नयाँ सुविधा थैली

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन सुरु भएको छ  । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुने सुविधा थैलीअन्तर्गतका सेवासुविधा लागू गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए । बोर्डले परिमार्जन गरिएको सुविधा थैली गत साउन १ गतेदेखि लागू गर्ने भने पनि तयारी नपुगेको […]

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा आशिष अग्रवाल, नयाँ बोर्ड गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन हुनुभएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२४/२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । अग्रवालको कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङ चेयर), सुगम घिमिरे (मेम्बर इन्टीग्रेसन चेयर), निदा दुन मल्ल (मेम्बरसिप चेयर), पुनित अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (नेटवर्क […]

छठौं तहका अधिकृत डुम्रे न्यौपानेले भारतबाट ल्याए नक्कली शैक्षिक प्रमाणपत्र, भ्रष्टचार मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले स्याङ्जा, गल्याङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गत श्री जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत (सिअहेव) हिमा डुम्रे न्यौपानेको प्रवेशिका परिक्षा (एस.एल.सी) तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको पाइएको छ । अख्तियारले उनलाई प्रवेशिका परिक्षा (एस.एल.सी) तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली पेश गरी सरकारी सेवामा कार्यरत रहेको भन्दै भ्रष्टचारको आरोप […]

सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको छ । हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं ३ मा बैंकले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ । यस अघिनै बैंकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगंज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी […]

टाटाका गाडी खरिद गर्नेले महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशत ब्याजमा कर्जा पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जेबी अटोमोटिभ कम्पनी प्रालि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा […]

ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवर्द्धन विभागका प्रमुख चित्रकुमार चालीसे तथा आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले हस्ताक्षर गरे । आध्यान्त […]

सहकारी छानबिन समितिले सोधपुछका लागि रवि लामिछानेलाई बोलायो

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । लामिछानेलाई भोलि शुक्रबार दिउँसो २ बजे सोधपुछका लागि बोलाइएको सभापति सूर्य थापाले जानकारी दिए । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि बोलाइएको छ ।समितिले सहकारी सञ्चालक, सरोकारावालाहरु सँग छलफल जारी राख्दै […]

सेयर कारोबार रकम १९ अर्ब पुग यी हुन् सबैभन्दा उच्च कारोबार हुने २० कम्पनी

काठमाडौं ।  साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले बढेर ५३३.८६ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार १३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०९ वटा कम्पनीको सेयर मूल्य घटेको छ […]

बिहीबार २५ करोड ४३ लाखले बढ्यो सेयर कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले बढेर ५३३.८६ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार १३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०९ वटा कम्पनीको सेयर मूल्य घटेको छ […]

सबैभन्दा बढी लगानी रहेको निर्जीवन कम्पनी सिद्धार्थ र राष्ट्रिय बीमाको के केमा छ लगानी ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुमा सिद्धार्थ प्रिमियर इन्स्यारेन्स र राष्ट्रिय बीमा कम्पनीहरुको लगानी सबैभन्दा बढी रहेको छ । कम्पनीमा रहेको लगानी योग्य रकमलाई प्रतिफलयुक्त बनाउने क्रममा सिद्धार्थ प्रिमियर इन्स्यारेन्स र राष्ट्रिय बीमा कम्पनीले सरकारी तथा निजी  कोषमा १६ अर्ब रुपैयाँ भन्दा बढी रकम लगानी गरेका छन् । कम्पनीका अनुसार गत आर्थिक वर्षमा सिद्धार्थले ८ अर्ब […]