चितवनमा फैलिँदै डेंगी
चितवन । चितवनमा ६४ जनामा डेंगीको संक्रमण देखिएको छ। ३०० जनाको परीक्षणका क्रममा उनीहरूमा डेंगी संक्रमण देखिएको हो। संक्रमितमध्ये ५१ जना चितवनका हुन्। जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगीको संक्रमण बढेको छ। गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगीको संक्रमण देखिएको उनले बताए। भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेंगी देखिएको छ। […]

