शिवम सिमेन्ट्स आम्दानी बढाउन नसक्दा पनि १ करोड बढी नाफामा

काठमाडौं । शिवम सिमेन्ट्स कम्पनीले आफनो नोक्सानीमा सुधार गर्दै नाफा कमाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २७ लाख ९९ हजार नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनी ५ करोड ३४ लाख १ हजार नोक्सानीमा रहेको थियो । आम्दानी बढाउनन नसके पनि आफनो खर्चमा सुधार […]

करिब २ करोडले बढ्यो राष्ट्रिय बीमा कम्पनीको नाफा

काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीको नाफा बढेको छ । कम्पनीले जारी गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुरुप कम्पनीको मुनाफा १ करोड ८९ लाखले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ६५ लाख ७५ हजार नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि […]

२ हजार २ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको भाउ लगातार घट्दो क्रममा छ । आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार बिहीबार छापावाला सुन प्रति तोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ । हिजो अर्थात् बुधबार छापावाल सुन प्रति तोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भएको […]

बाढीपहिरोबाट मकवानपुरमा एक अर्ब ६९ लाखभन्दा बढीको क्षति

हेटौँडा । हालैको बाढीपहिरोबाट मकवानपुरमा एक अर्ब ६९ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार, जिल्लामा एक अर्ब ६९ लाख ३५ हजार ७३५ रुपैयाँबराबरको धनमालको क्षति भएको छ । जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले बताए । जिल्लाका […]

दैलेखमा पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

काठमाडौं । दैलेखको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ। चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए। ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्ने छ। चीन सरकारको २ […]

धितोपत्र बोर्ड अध्यक्षका आकांक्षी तीनजनालाई पुनः अन्तर्वार्तामा बोलाइयो

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनालाई पुनः अन्तर्वार्तामा बोलाइएको छ । अध्यक्ष सिफारिस समितिले उनीहरूलाई पुनः अन्तर्वार्ता र प्रस्तुतीकरणका निम्ति बोलाएको हो । समितिले उनीहरूलाई आउँदो मंसिर ९ गते बिहान ८ बजे अन्तर्वार्तामा बोलाएको छ । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय थियो । तर, समितिका संयोजक डा. […]

करिब ८ खर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने क्रमले निरन्तरता पाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप रकम करिब ८ खर्बले बढेको छ । चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप रकम ६५ खर्ब २८ ३६ करोड रहको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको […]

इन्फोडेभलपर्स र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका लागि समझदारी

काठमाडौं । इन्फोडेभलपर्स प्रालि र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका लागि समझदारी भएको छ । इन्फोडेभलपर्सलेको ”कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक” (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालिन र सरल बनाउनका लागि सीएसआर सफ्टवेयरले भूमिका खेल्ने भएको छ । यस सम्बन्धी सम्झौतामा इन्फोडेभलपर्सका निर्देशक अर्बिन प्रधान […]

‘मह जात्रा’ प्रहसनको तयारी पुरा

काठमाडौं । मह जोडीले नेपालमा करिब दश वर्षपछि ‘मह जात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रस्तुति दिने प्रहसनका लागि रियल्सल लगायतका संम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम कात्तिक २९, ३० र मंसिर १, ४, ५, ६, १२, १३, १७, १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । […]

कांग्रेस उपसभापति धनराज गुरुङसँग सीआईबीको बयान, सहकारी ठगीमा अनुसन्धान हुँदै

काठमाडौं । नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगीबारे सोधपुछ गरेको छ । गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर घटना विवरण कागज गराएको सीआईबीले जानकारी दिएको छ । ‘हामीले उहाँसँग बयान लिएका छौं । उहाँको बयान तथ्य र प्रमाणसँग मिल्छ कि मिल्दै हेरेर थप अनुसन्धान गर्छौं,’ सीआईबीका एक अधिकारीले भने । गुरुङसँग अनुसन्धान अधिकृतहरुले […]