RE
Global College

नेपाल कम्युनिष्ट पार्टीले चीनमा गएको भूकम्पप्रति दु:ख व्यक्त गर्दै सहानुभूति प्रकट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चीनको सिजाङ स्वायत्त क्षेत्र शिगात्से शहरको डिङग्रीमा गएको शक्तिशाली भूकम्पप्रति गहिरो दु:ख व्यक्त गरेको छ। २०८१ पुस २३ गते स्थानीय समय बिहान ९ः०५ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो, जसका कारण ठूलो जनधनको क्षति भएको छ।

भूकम्पबाट कम्तीमा १२६ जनाको ज्यान गएको, झण्डै २०० जना घाइते भएको र हजारौं मानिस विस्थापित भएको सरकारी प्रतिवेदनमा उल्लेख छ। चिसो मौसम र शक्तिशाली पराकम्पनका कारण उद्धार कार्य थप चुनौतीपूर्ण हुने चिन्ता व्यक्त गर्दै नेकपाले यो विपत्तिपूर्ण घडीमा चिनियाँ जनताको साथमा रहेको जानकारी गराएको छ।

नेकपाले विज्ञप्तिमा भूकम्पबाट प्रभावित नेपाल, भारत, बंगलादेश र भुटानका नागरिकहरूप्रति पनि सहानुभूति व्यक्त गरेको छ। यस विपद्मा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेकपाले प्राकृतिक प्रकोपले सिर्जना गरेको यो कठिन घडीमा मित्रराष्ट्र चीन र त्यहाँका जनताप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

NECO

Leave Your Comment

Related News