बजेट बनाउन शाक्यको आवश्यकता, धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारीमा राना

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डको सञ्चालकमा प्रतिनिधित्व गर्ने प्रतिनिधि फेरेको छ। धितोपत्र बोर्डमा प्रतिनिधित्व गर्ने सहसचिव रितेश शाक्यलाई फिर्ता बोलाएर अर्का सहसचिव नरेन्द्रकुमार रानालाई धितोपत्र बोर्डको जिम्मेवारी दिइएको छ। बजेट निर्माणमा शाक्यको आवश्यकता भएकाले अर्थमन्त्रालयले उहाँलाई धितोपत्र बोर्डबाट फिर्ता बोलाएर अर्का सहसचिव रानालाई जिम्मा दिइएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले इक्विटीनेपाललाई जानकारी दिए। […]

साइबर सुरक्षासम्बन्धी पूर्वतयारी अभ्यास सम्पन्न

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षालाई थप व्यवस्थित गर्ने उद्देश्यले ‘साइबर सुरक्षा पूर्वतयारी अभ्यास’ गरेको छ । ‘राष्ट्रिय साइबर डिल–२०२४’ नाम दिइएको सो पूर्वतयारी अभ्यासमा संवेदनशील सूचना तथा प्रविधि पूर्वाधारमा कहीँकतैबाट अवान्छनीय गतिविधि भयो वा आक्रमण भयो भने त्यसलाई कसरी प्रतिक्रिया गर्ने वा कसरी सुरक्षित राख्ने भन्ने प्रकृतिको पूर्वतयारी अभ्यास गरिएको मन्त्रालयका उपसचिव […]

देशको अर्थ व्यवस्था हाक्नेको सम्पत्तिको नाममा एउटा कार र घर, बैंकमा ३४ लाख

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को सम्पत्तिको नाममा एउटा कार र घर तथा बैंकमा करिब ३४ लाख रुपैयाँ रहेको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय मंगलबार मन्त्री पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। अर्थमन्त्री पुनसँग रोल्पा नगरपालिका वडा नम्बर ७ मा ८२० वर्ग मिटरमा एउटा घर छ। यो घर […]

शिक्षा मन्त्री सुमना श्रेष्ठको बैंक खातामा साढे ६ करोड नगद, नबिल बैंकमा सेयर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठसँग साढे ६ करोड रुपैयाँ रहेको पाइएको छ। मन्त्री श्रेष्ठले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको बैंक खातामा कबिर साढे ६ करोड रुपैयाँ नगद रहेको देखिएको हो। बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो। मंगलबार सार्वजनिक गरेको सम्पति विवरणअनुसार मन्त्री श्रेष्ठसँग एनआईसी […]

गृहमन्त्रीको सम्पत्ति विवरण : सम्पत्ति आफनो भन्दा श्रीमती निकताको धेरै

काठमाडौं । गृहमन्त्री रवि लामिछाने सँग नगद १ लाख १० हजार रुपैयाँ मात्र रहेको पाइएको छ । जेठ ३ गते बसेको मन्त्रीपरिषद्को बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरे सँगै लामिछानेले सार्वजनिक गरेको सम्पत्तिमा नगद १ लाख १० हजार रुपैयाँ र जग्गा जमिन , सवारी साधनहरु भएको पाइएको छ । लामिछानेले आफ्नो नाममा भक्तपुरमा […]

आठ वर्षमा प्रधानमन्त्री प्रचण्डको जग्गा १४ कठ्ठाले बढ्यो, अन्य सम्पत्ति पनि बढ्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोही अनुसार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ । प्रधानमन्त्रीको स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेको यो घर र जग्गा पैतृक […]

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

काठमाडौं । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सह–सचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत सुश्री रिना–रिक्का हेक्काले हस्ताक्षर गरेका छन् […]

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, ५ अर्ब बढी कारोबार

काठमाडौं । साताको तेस्रो दिन आइपुग्दा सेयर बजार दोहोरो अंकले बढेको छ । यो सँगै सेयर बजार लगातार तीन दिन बढेको हो । मंगलबार सेयर कारोबार नेप्से परिसूचक २३.९४ अंकले बढेर २ हजार १ सय १५.९४ अंकमा पुगेर बन्द भएको छ । आइतबार ४५. ६९ र सोमबार २७.५४ अंकले बढेर बन्द भएको थियो । मंगलबार […]

मापदण्ड विपरित उडान गर्ने प्रभु हेलिकप्टरका क्याप्टेन ग्राउण्डेड

काठमाडौं । मापदण्ड विपरीत सगरमाथा क्याम्प २ मा हेलिकप्टर उडान गरेका प्रभुका हेलिकप्टरका वरिष्ठ क्याप्टेन सोभित गौचनलाई नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ। पर्वतारोही निर्मल पुर्जालाई उडानका लागि निषेध गरिएको सगरमाथाको क्याम्प २ मा हेलिकप्टर अवतरण गराउँदा क्याप्टेन गौचन प्राधिकरणको कारबाहीमा परेका हुन्। आइतबार निर्मल पुर्जालाई निषेधित क्याम्प २ मा अवतरण गराइएकाले क्याप्टेनलाई ग्राउण्डेड गराइएको […]

अस्ट्रेलियाली राजदूत भन्छिन्, ‘सिप मेला’ले मलाई प्रोत्साहित बनायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ को स्थलगत अवलोकनका लागि आएकी नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कलाई काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थलगत जानकारी गराइन्। आज भएको अवलोकन भ्रमणका क्रममा राजदूत भोल्कले, तालिमको पाठ्यवस्तु, सिकाइ प्रक्रिया, श्रम बजारसँगको सम्बन्ध, साझेदारी र यसपछि सञ्चालन हुने क्रियाकलापका विषयमा जिज्ञासा राखेकी थिइन्। राजदूतका जिज्ञासाको जवाफमा […]