राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि राष्ट्रियसभाले धन्यवाद ज्ञापन गरेको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राखेको धन्यवादको प्रस्तावलाई सभाले सहमति जनाएको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज अपराह्न ३ः०० बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो । […]

