कोलकतामाथि लखनऊको जित 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा लखनऊ सुपर जायन्ट्सले रोमाञ्चक जित निकालेको छ । बिहीबार राति भएको खेलमा लखनऊले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराएको हो । कोलकाताको इडेन गार्डेन्समा भएको खेलमा कोलकाताले दिएको १८२ रनको लक्ष्य लखनउले ७ विकेट गुमाएर पुरा ग¥यो । उसका लागि युवा खेलाडी मुकुल चौधरीले आक्रामक ब्याटिङ गर्दै खेलको […]

प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु

भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले भैलखःमा भैरवनाथको मूल देवता र […]

एकै दिन ५१ वटा फर्ममा विभागको अनुगमन

काठमाडौं । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५१ वटा फर्ममा अनुगमन गरेको छ । पछिल्ला दिनमा विभागले ठुलो मात्रामा व्यावसायिक फर्म, उद्योग तथा प्रतिष्ठानमा अनुगमन गर्दै आएको छ । बिलबिजक जारी गरे नगरेको, अखाद्य वस्तु बिक्री वितरण गरे/नगरेको, कालोबजारी नियन्त्रण तथा अधिकतम खुद्रा मूल्य राखे नराखेकोलगायत […]

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई जोड दिन नगरपालिकाका १० वटै समेटेर परियोजना सञ्चालन गरेको हो । नगरप्रमुख सुरत केसीले सबै वडामा परियोजना सञ्चालन गर्नका लागि योजना छनोट गरी नगरपालिका, प्रदेश, सङ्घीय सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने नीति लिएको बताए। “म्याग्दी र कालीगण्डकी नदीको […]

राष्ट्रपति पौडेलले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने जानकारी दिए । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।  संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले  हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि सार्वजनिक गरिएको विदेशी विनिमयद अनुसार अमेरिकी डलरको मूल्य बढेको छ भने पाउण्ड र युरोको मूल्य घटेको छ । आज निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ […]

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले बिहीबार राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १७ तथा डिजेल मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरेको हो । यस्तै, ग्यासमा रु १०० ले वृद्धि गरिएको छ । यसरी मूल्यवृद्धि गरिँदा पनि निगमलाई १० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिएको छ […]

इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

काठमाडौं । इयुले ‘स्ट्रेट अफ हर्मुज’ मा आवागमनको स्वतन्त्रता ‘कुनै पनि भुक्तानी बिना’ सुनिश्चित गरिनु पर्ने बताएको छ । इरानले जहाजहरू प्रवेश गर्न अनुमति दिन भुक्तानीका लागि सुझाव दिएपछि इयुको उक्त भनाइ सार्वजनिक भएको हो । इरान र संयुक्त राज्य अमेरिकाले एक महिनाभन्दा लामो तनावपछि दुई हप्ताको युद्धविरामको घोषणा गरेपछि वार्ता सुरु हुने भएकाले महत्त्वपूर्ण […]

कोलकाताद्वारा लखनऊलाई १८२ रनको लक्ष्य

काठमाडौं । आजको आइपिएल खेलमा कोलकाता नाइट राइडर्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा १८१ रन बनाएको छ। कोलकाताका लागि अंगकृष रघुवंशीले ४५ रन र कप्तान अजिंक्य रहाणेले ४१ रनको राम्रो योगदान दिए। लखनऊ सुपर जायन्ट्सले अब जितका लागि १८२ रन बनाउनुपर्नेछ। अहिले लखनऊले आफ्नो जवाफी ब्याटिङ सुरु गरिसकेको छ।