प्राधिकरणको निर्देशन विपरित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन र स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा बेच्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । प्राधिकरणबाट जारी अनुमतिपत्रका सर्तविपरीत काम गरेको निरीक्षण तथा जाँचबुझका क्रममा पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती सेवा प्रदायकलाई जरिवाना गर्ने निर्णय गरिएको प्राधिकरणले मंगलबार जारी […]

२२ सयले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ थियो  । यता चाँदी पनि ६० रुपैयाँले घटेको छ । […]

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ । त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । यी योजना कार्यान्वयन भएमा विश्वविद्यालयको […]

भारत-नेपाल कृषि सहकार्य: नार्कलाई चार जातका उखुका जर्मप्लाज्म हस्तान्तरण

काठमाडौं ।  नेपाल र भारतबीचको कृषि सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ भारतीय राजदूतावासले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई चार जातका उखुका जर्मप्लाज्म हस्तान्तरण गरेको छ। कृषि अनुसन्धान तथा विकासमा द्वपक्षीय सहकार्यप्रति भारतको प्रतिबद्धता पुनः दोहोर्‍याउँदै भारतीय राजदूतावासका प्रथम सचिव (विकास साझेदारी) श्री निशाले नार्क परिसरमा आयोजित एक कार्यक्रमका बीच नार्कका अधिकारीहरूलाई उक्त जर्मप्लाज्म […]

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

काठमाडौं । वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङग्रा यहाँ ल्याएका हुन् । पोखरा महानगरपालिका–१ सिमपानी र पोखरा–२५ हेमजामा भेडाच्याङग्राको हाटबजार सञ्चालनमा छ । पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई […]

माउण्टेन इनर्जीद्वारा लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस शेयर प्रस्ताव, कार्तिक २० मा एजीएम

काठमाडौं ।  माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव […]

बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा

काठमाडौं ।  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठकाअनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः […]

सांसद खगेन्द्र सुनारको विवादित विषयमा छानबिन गर्न रास्वपाको केन्द्रीय अनुशासन आयोगलाई निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनका विषयमा उठाइएका गम्भीर प्रश्नहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। सञ्चारमाध्यममार्फत आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता विषयहरू अत्यन्त […]

दुई महिनामा निर्जीवन बीमाको व्यवसाय २०.९७ प्रतिशतले बढ्यो, जीवन बीमातर्फ ४ खर्ब ५ अर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौ मसान्तसम्म)  बीमा कम्पनीहरूको कुल बीमाशुल्क सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको  तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले भदौ मसान्तसम्म कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा […]

बरुण हाइड्रोपावरको २३ औँ एजीएमा आह्वान, के-के छन् प्रस्तावहरु ?

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गतेका लागि २३ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । उक्त सभा स्मार्ट दरबार, शंखपार्क, काठमाडौंमा कात्तिक २० गते बिहान साढे ९ बजेदेखि सुरु हुने छ । सभामा सामान्य प्रस्तावका रुपमा संचालक समितिको […]