प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित गोरखा गार्डन होटल प्रालिबीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ । प्रभु बैंक र गोरखा गार्डन होटलबीच वैशाख २ गते एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । गोरखा गार्डन होटलका तर्फबाट […]

रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण

काठमाडौं । रामेछापबाट लुक्लाका लागि उडान भरिएको सीता एयरको एक जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ। विमानस्थल स्रोतका अनुसार जहाजमा हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि सुरक्षाका लागि अवतरण गराइएको हो। उक्त घटनाका कारण त्रिभुवन विमानस्थलमा केही समयका लागि उडान तथा अवतरण प्रक्रिया रोकिएको थियो। हाइड्रोलिक समस्याका कारण जहाज धावनमार्गमा केहीबेर […]

कतार एयरवेजलाई भैरहवा र पोखरा उडान गर्न आग्रह

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले कतारलाई सीधा उडानमार्फत नेपालको भैरहवा र पोखरा सहरसँग जोड्न आग्रह गरेका छन् । कतार सिभिल एभिएसन अथोरिटी (क्युसिएए)का अध्यक्ष मोहम्मद बिन फलेह अल हजरीसँग मंगलबार भएको भेटवार्तामा उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए) र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए)मा कतार एयरवेजमार्फत व्यावसायिक उडान सुरु गर्न आग्रह गरेका […]

चैत महिनामा घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि, ४ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैतमा घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब ३९ करोड ४६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो रकम चालु आवको सबैभन्दा बढी मासिक राजस्व हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा घरजग्गा कारोबार र कित्ताकाट दुवैमा उल्लेख्य वृद्धि भएको छ। विभागको तथ्यांकअनुसार चैतमा मात्रै ४९ हजार ८३२ […]

सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनायो

काठमाडौं । आज बुधबार सुनको मूल्यले  ऐतिहासिक उचाइ कायम गरेको छ  । मंगलबार प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८७ हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । आज प्रति १० […]

गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद विवाद : सर्वोच्चले छलफलका लागि वैशाख ७ गते बोलायो

काठमाडौं । गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद विवादमा छलफल गर्न सर्वोच्च अदालतले छलफलका लागि वैशाख ७ गते दुवै पक्षलाई बोलाएको छ । मंगलबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले उक्त मापदण्ड तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालिन अन्तरिम आदेश गर्दै अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई वैशाख ७ गते बोलाएको हो । अर्थ मन्त्रालयले चैत […]

रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो जिल्लासँग सम्पूर्ण कागजात

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मुछिएको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीसँग मिसिलमा संलग्न सम्पूर्ण कागजात मगाएको छ । सर्वोच्चले १५ दिनभित्र मिसिलमा संलग्न सम्पूर्ण कागजात डिजिटलाइजेसन गरी पठाउन आदेश गरेको हो । जिल्ला अदालत रुपन्देहीले गएको माघ १३ गते सहकारी ठगी प्रकरणमा लामिछानेलाई एक […]

आभोकाडो प्रतिकिलो रु ६५०, अन्य फलफूल र तरकारीको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज […]

रुबी भ्याली हाइड्रोपावरको वार्षिक साधारण सभा वैशाख २४ गते

काठमाडौं । रुबी भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले वैशाख २४ गते वार्षिक साधारण सभा बैठक आह्वान गरेको छ । कम्पनी को संचालक समितिको निर्णयानुसार कम्पनीको आठौं वार्षिक साधारण सभाको मिति, समय र स्थान निर्धारण गरिएको हो । वैशाख २४ गते बुधबार दिउँसो १२ बजेदेखि कम्पनीको दर्ता कार्यालय सुकेधारा, काठमाडौँमा बैठक सुरु हुने सूचनामा उल्लेख छ । […]

रिलायबल समृद्धि योजनाको ८ करोड ५० लाख इकाई आजदेखि बिक्रीमा

काठमाडौं । रिलायबल समृद्धि योजना ( बन्दमुखी योजना) को ८ करोड ५० लाख इकाइ आजदेखि सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिएको छ । रिलायबल समृद्धि योजनाको प्रति इकाई अंकित मूल्य रु.१०  दरको दश करोड  इकाईमध्ये बीज पूँजी वापत कुल इकाईको १५ (पन्ध्र) प्रतिशत अर्थात एक पचास लाख इकाईमध्ये कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई […]