मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा
काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउन, प्राविधिक र प्रशासनिक परामर्श सुरु गरेको छ । नदी किनाराका अव्यवस्थित बस्ती हटाइसकेपछि जग्गा संरक्षणको कार्य अघि बढाएको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । कामपाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदनअनुसार नदीले परिवर्तन गरेको धार […]

