विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या विचौलियाका कारणले आएको जिकिर गरे । उनले विचौलियाहरुको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको दाबी […]

बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर

अरु व्यवसाय जस्तो बैंकिङ्ग संस्थाहरु नाफा मात्रै आर्जन गर्ने व्यवसाय होइन् । विश्वभर बैंकिङ्गका नयाँ–नयाँ अवधारणा लागु छन् । बैंकिङ्गले नाफा मात्रै नभएर सामाजिक उत्तरदायित्व, उद्यमशीलता बृद्धि, वित्तिय साक्षरता, आर्थिक विकास र वृद्धि, आर्थिक सन्तुलन र पर्यावरण संरक्षणसम्मलाई ध्यान दिनुपर्छ भनेर भन्न थालिएको छ । खासगरी उद्यमशीलताको विकास र प्रर्बद्धनमा त बैंकहरुले महत्वपुर्ण भुमिका खेल्छन् […]

सिटिजन्स बैंकद्वारा रक्षा नेपाललार्ई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यौन शोषणमा परेका बालिका र महिला, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाको लागि प्रशंसनिय कार्य गर्दै आएको संस्था रक्षा नेपाललार्ई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र स्यानिटरी प्याड सहयोग प्रदान गरेकोे छ । दुई दशकदेखि विभिन्न हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको […]

विद्युत् प्राधिकरणले भन्यो-समस्या देखिएको हो लोडसेडिङ भएको हैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हावाहुरी तथा प्रतिकुल मौसमी कारणले केही स्थानहरूमा विद्युत् अवरुद्ध भएको बताँउदै लोडसेडिङ नभएको बताएको छ । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रतिकुल मौसमको कारण छोटो समयका लागि विद्युत् अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने बताएको हो । प्राधिकरणले हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भएको भनेर अतिरञ्जित र […]

गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो

काठमाडौं । दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे पनि चोरीसिकारी हुन नपाएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २०८० साल कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुईवटा गैँडा मारेका थिए । त्यसको […]

अनेरास्ववियू पुर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीको नेतृत्व क्षमता अभिवृद्धि कार्यक्रमको दोस्रो संस्करण सम्पन्न

काठमाडौं । अनोस्ववियू पुर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीद्वारा आयोजित नेतृत्व क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमको दोस्रो संस्करण सम्पन्न भएको छ । प्रशिक्षणमा नेकपा एकृकित समाजवादीका पोलितब्युरो सदस्य मोहन गौतम प्रमुख अतिथि रहेका थिए । उनले विद्यार्थी आन्दोलन, नेतृत्व विकास भन्ने विषयमा,अनेरास्ववियू ,विद्यार्थी आन्दोलन, यसको उपलब्धि भन्ने विषयमा प्रशिक्षण दिएका थिए । पार्टी केन्द्रीय सदस्य यशु लामाले समाजवादमा […]

नयाँ वर्षको पहिलो दिन सुनको मूल्य घट्यो

काठमाडौं । नयाँ वर्षको पहिलो दिन सुनको मूल्य घटेको छछ । सुन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रति तोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनका साथै […]

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ४२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला  डेभलपमेन्ट बैंकले १ लाख ४२ हजार ५१३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी शान्त राज बतासले आफ्नो नाममा रहेको शेयर विक्री गर्न निवेदन दिएपछि बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयर बेच्न संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीहरुका लागि उक्त शेयर जारी गरिएको […]

निवर्तमान गभर्नर अधिकारीको हस्ताक्षरसहित रु पाँचको नोट सार्वजनिक

काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरसहित बायाँतर्फ सगरमाथा र दायाँतर्फ लालिगुराँस अंकित रु पाँचको नोट आजदेखि सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै ०००००१ देखि १८९९९९९९ सम्म सिरिज नम्बरमा २०८१ लेखिएको नोट आजदेखि सार्वजनिक भएको जनाएको छ । नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ भने […]

सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयरहरु बिक्री गर्ने इच्छा राखी निवेदन दिएपछि कम्पनीले सञ्चालक समितिको बैठकमार्फत् शेयर बिक्री गर्ने निर्णय गरेको हो । संस्थापक शेयर हाल कायम विकास बैंकका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको हो । इच्छुकले ३५ दिनभित्र आवश्यक […]