RE
Global College

१४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सरकारको तयारी

काठमाडौं ।  प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी अघि बढाएको छ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीसँग कार्यालयले लिखित स्पष्टीकरण माग गरेको हो।

अबको सात दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण नआए कालो सूचीमा राखिने सूचनामा उल्लेख छ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६४ को नियम १४१ को उपनियम (४) बमोजिम ती निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरिएको हाे।

हेर्नुहोस् कालो सूचीमा राख्नको लागि स्पष्टीकरण माग गरिएका १४ निर्माण कम्पनीहरुको विवरण

NECO

Leave Your Comment

Related News