प्रदेश सरकारद्वारा आगलागी पीडितलाई ५० लाख सहयोग गर्ने निर्णय

अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागीबाट पीडित भएकाहरुलाई तत्काल आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बुधबार बिहान बसेको बैठकले अछामका आगलागी पीडितलाई तत्कालका लागि ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार […]

चैतेदसैँमा मात्रै ४२ लाख भेटी सङ्कलन

बलेवा (बागलुङ) । बागलुङ कालिका मन्दिरमा चैतेदसैँमा मात्रै रु ४२ लाख भेटी सङ्कलन भएको छ। गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको मन्दिरमा चैत्राष्टमीको नवदुर्गामा दर्शनका लागि आएका दर्शनार्थीले उक्त भेटी चढाएका हुन्। कालिका मन्दिरमा यस पटकको चैतेदसैँ (नवरात्रि)को अवसरमा रु ४२ लाख ६३ हजार १५५ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार […]

भूमि आयोगद्वारा तनहुँमा जग्गा नापजाँच सुरु

तनहुँ । भूमि समस्या समाधान आयोगले तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु गरेको छ। आयोगले भानु नगरपालिका–२, व्यास नगरपालिका–१२ र शुक्लागण्डकी नगरपालिका–७ मा जग्गा नापजाँच सुरु गरेको हो। वर्तमान आयोग गठन भएपछि यसअघिको आयोगले गरेको कामलाई निरन्तरता दिइएको आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले जानकारी दिए। ती वडाहरुमा यसअघि जग्गा नापजाँचको काम सुरु भएर आयोग विघटन […]

२६०० माथि नेप्से, ९ अंकले बढ्दा साढे ४ अर्बको कारोबार

काठमाडौं । मंगलबार घटेको शेयर बजार बुधबार सामान्य अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.४४ अंकले बढेर ४४६.२२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.६२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५० अंकले […]

सिलिण्डर पड्किएर सल्किएको आगोले अछाममा जले २७ घर

अछाम । बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार राति भएको आगलागीमा २७ वटा घर जलेका छन्। आगोबाट सात करोडभन्दा बढीको धनमाल नष्ट भएको छ। मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो। जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए। अछामका प्रहरी प्रमुख […]

वातावरणमैत्री सवारीसाधन र जनमूखी सडकको आवश्यकताताः मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निराशाको खेती गर्नेहरुलाई जवाफ दिने बेला आएको बताएका छन् । नाडा अटो मोवाईल्स डीलर एशोसिएसन नाडाले मंगलबार ललितपुरमा गरेको नाडा अटो डाइलगको समापन समारोहमा उनले पूर्वाधार विकास, रोजगारी अभिवृद्धी, स्वरोजगारी सिर्जना जस्ता क्षेत्रमा उल्लेख्य प्रगती भए पनि केहि भएन र हुँदैन भनेर निराशा छर्ने प्रयास हुने […]

वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण: अर्थमन्त्री पौडेल

काठमाडौं । ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए । नेपालको लेखा व्यवसायको इतिहासमा प्राप्त अनुभवको विश्लेषणबाट उपयुक्त निष्कर्ष निकाल्ने विश्वास उनले व्यक्त गरे । अर्थमन्त्री पौडेलले कर प्रणालीको आधुनिकीकरण, कर नीतिहरूमा […]

राष्ट्रिय  बजेट भन्दा बढी नेपाल राष्ट्र बैंकको सम्पत्ति २० खर्ब ६७ अर्ब 

काठमाडौं ।नेपाल राष्ट्र बैंकको आम्दानी बढ्दा कुल सम्पत्ति समेत बढेको छ । राष्ट्र बैंकको २०८१ असारसम्म कुल सम्पत्ति २० खर्ब ६७ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कुल सम्पत्ति ३०.१६ प्रतिशतको वृद्धिदर हो । राष्ट्र बैंकको २०८० असारसम्म कुल सम्पत्ति १५ खर्ब ८८ अर्ब रहेको थियो । यो सँगै राष्ट्र बैंकको […]

नारायणगढ-बुटवल सडक विस्तार : दाउन्ने खण्ड चार घण्टा बन्द

नवलपुर । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्डमा पर्ने दाउन्ने खण्डमा आजदेखि गाडी रोकेर सडक विस्तारको काम गरिने भएको छ । आजदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर सडक विस्तारको काम गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । २०८२ बैशाख १ देखि १५ दिन राति ११ […]

नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर  ४.४ प्रतिशत हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धि भएको नेपालको अर्थतन्त्रमा सुधार हुँदै जाँदा आर्थिक क्षेत्रमा सुधार हुने उल्लेख गरेको हो। गत आर्थिक वर्ष नेपालमा जलविद्युत् उत्पादनमा वृद्धि, गहुँ उत्पादन र सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्रमा सुधार हुँदै गएको एडीबीले जनाएको छ। […]