फोनपोइन्ट्स र आईएमएस सफ्टवेयरबीचको साझेदारी: अब २० हजार भन्दा बढी पसलमा तुरुन्तै छुट प्राप्त गर्ने सुविधा

काठमाडौं । नेपालभरका उपभोक्ता र व्यापारीहरूको लागि नयाँ युगको सुरुवात गर्दै, फोनपोइन्ट्स र आईएमएस सफ्टवेयर बीचको सहकार्यले २०,००० भन्दा बढी मर्चेन्ट काउन्टरहरूमा सहज र छिटो छुट प्रक्रिया सुरु गरेको छ। यस साझेदारीको मुख्य उद्देश्य ग्राहकलाई सरल, सहज र निरन्तर अनुभव प्रदान गर्नु हो। जहाँ अब छुट प्राप्त गर्न कुनै म्यानुअल भेरिफिकेसनको आवश्यकता छैन—केवल एक कोड देखाउनुहोस् र […]

मेट्रो अनलाइन ट्याक्सीमार्फत १० लाख रुपैयाँमा इभी ट्याक्सी किन्न पाईने

काठमाडौं । नेपालको विश्वासिलो ट्याक्सी फ्लीट मेट्रो अनलाइन ट्याक्सीले सरल किस्ताबन्दीमा नयाँ ट्याक्सी किन्न पाउने गरि विशेष अफर ल्याएको छ। इजि एस्योरेन्स प्रालि अन्तर्गत रहेको मेट्रो अनलाइन ट्याक्सीले नेपाल सरकारको नियम अनुसार, २० वर्ष अवधि पूरा गरेका जुनसुकै ट्याक्सीहरुको सट्टामा सोधभर्ना सुविधा अन्तर्गत तथा इभी ट्याक्सी संचालन गर्नुपर्ने भएको हुँदा पुराना ट्याक्सीधनीलाई लक्षित गर्दे सरल […]

चितवनमा महिला मोटर र्याली सम्पन्न

काठमाडौं । चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक चैत्र २५ गते सोमबार चितवनमा सम्पन्न भएको छ । बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको व्यवस्थापन र नेपाल अटोमोवाइल्स एसोसिएसनको संयोजनमा भएको सो प्रतियोगितामा चितवनमा पहिलोमा पटक महिला ड्राइभरहरु मात्र सहभागी भएका थिए । सोमबार भरतपुरस्थित उद्योग वाणिज्य संघ परिसरबाट प्रारम्भ भएको र्याली पोखरा बसपार्क, पुल्चोक, चौबिसकोठी, […]

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधन गरेका छन् । सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले पछिल्ला तीन दशकमा मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए । दक्षता तथा परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि तथा प्रजनन क्षमता र किशोरावस्थाको […]

तीनकुने प्रदर्शन: शाही युवा शक्तिका थप एक सदस्य पक्राउ

काठमाडौं । राजावादी समूहले चैत १५ गते तीनकुनेमा आयोजना गरेको प्रदर्शनमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार पक्राउ परेका व्यक्ति दिलबहादुर श्रेष्ठ हुन्। श्रेष्ठ शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का समूहका सक्रिय सदस्य रहेको प्रहरीले जनाएको छ। उनलाई काठमाडौंको सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको एसपी […]

एनपीआई एकीकरणपछि इन्फिनिटी लघुवित्तबाट तलब, किस्ता र राजस्व भुक्तानी सम्भव

काठमाडौं । इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) जोडी डिजिटल कारोबार शुरु गरेको छ । यसैसँग इन्फिनिटी लघुवित्त एनपीआईमार्फत आफ्नो प्रणालीबाट कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको छ । इन्फिनिटी लघुवित्तले अब एनसीएचएल–आईपीएस र आरपीएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानी लगायतका विभिन्न संकलनका कारोबारहरु गर्न सक्नेछन् । साथै […]

बालेन शाहद्धारा तीनकुने घटनाका पीडित परिवारलाई न्यायिक र आर्थिक सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने घटनामा ज्यान गुमाएका सबिन महर्जन र सुरेश रजकका परिवारलाई भेटेका छन्। महर्जनका परिवारलाई कीर्तिपुर र रजकका परिवारलाई डल्लु पुगेर भेट्दै उनले संवेदना व्यक्त गरेका हुन्। चैत्र १५ गते भएको राजावादी समूहको प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै मेयर शाहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य […]

अर्थले माग्यो बजेटलाई सुझाव

काठमाडौं । अर्थ मन्त्रालयले सरोकारवालासँग आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमका लागि सुझाव मागेको छ । २०८२ को वैशाख मसान्तभित्र पठाउने गरी मन्त्रालयले सुझाव मागेको हो । मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरूका सम्बन्धमा आफ्ना अमूल्य सुझाव आगामी २०८२ वैशाख मसान्तभित्र यस […]

चार दिनदेखि सुनको मूल्यमा ओरालो

काठमाडौं । सुनको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँ किनबेच भएको थियो । विगत चार कारोबार दिनदेखि सुनको मूल्यमा निरन्तरको गिरावट भएको हो […]

नेप्सेमा नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो शेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आजबाट नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार सुरु भएको छ। मंगलबारको स्पेसल प्रि ओपन सेसनमा म्याचिङ कारोबार भएसँगै कम्पनीको शेयर पहिलो पटक नेप्सेमा कारोबार भएको हो। कम्पनीको पहिलो कारोबार प्रति कित्ता ३०२ रुपैयाँ ३ पैसामा भएको छ। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १००.८० रुपैयाँ देखि ३०२.४० रुपैयाँको सुरुवाती रेन्ज […]