सुनसरी-१ मा मतान्तर बढाउँदै हर्क साम्पाङ

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)लाई १०८२ मतले पछि पार्दै मतान्तर बढाउन थालेका छन् । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार धरानको १ देखि ६ सम्मको १५ हजार ३७८ मतगणना सकिंदा साम्पाङको मत ५८९१ रहेको छ । साम्पाङलाई सरिन तामाङले […]

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

काठमाडौं । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतका साथ उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे । मतगणना सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न […]

झापा-५ अपडेट: ओलीभन्दा बालेन २५,७९५ मतान्तरले अघि

काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ३४८६३ मतसहित अग्रता कायम गरेका छन्। ताजा विवरणअनुसार निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९०६८ भोट पाएका छन्। उनीभन्दा रास्वपाका वरिष्ठ नेता बालेन २५ हजार ७९५ मतले अगाडि छन्। झापा-५ मा ओलीपछि श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले ५ हजार […]

एमालेले बाँकेबाट खाता खोल्यो, मोहम्मद ईश्तियाक राई विजयी

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा नेकपा (एमाले)ले लुम्बिनी प्रदेशबाट खाता खोलेको छ। निर्वाचन आयोगका अनुसार, बाँके–२ बाट एमालेका मोहम्मद ईश्तियाक राई विजयी भएका छन्। उनले २४ हजार ६२६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ५८१ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका सुधान्सु कोइरालाले १७ हजार ५९० […]

दैलेख १ मा कांग्रेसकी थापा प्रतिनिधिसभा सदस्यमा विजयी

दैलेख । दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरे । मुख्य निर्वाचन अधिकृतको […]

काठमाडौँ–९ मा रास्वपाका उपसभापति डीपी अर्याल विजयी

काठमाडौं । काठमाडौं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। रास्वपाका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहेका अर्यालले ३५ हजार ९३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार […]

बाँके-१ बाट रास्वपाका सुरेश चौधरी निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा बाँके-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, रास्वपाका चौधरी ३२ हजार ७९२ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका नेकपा (एमाले)का सूर्यप्रसाद ढकालको ११ हजार ९५ मत रहेको छ। त्यस्तै, […]

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, कांग्रेसका सुब्बा ११ हजार ५६१ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का भानुभक्त ढकालले १० हजार ६८२ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाएका छन्। त्यस्तै, श्रम संस्कृति […]

चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन् । यस्तै एमालेका अस्मिन घिमिरेले ६ […]

मोरङ ६ मा रास्वपाकी रुविना आचार्य निर्वाचित

काठमाडौं ।  मोरङ क्षेत्र नम्बर ६ बाट ५५ हजार ५ सय १३ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका डाक्टर शेखर कोइरालालाई फराकिलो मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन् । कोइरालाले १२ हजार आठ सय ५० मतमात्र प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका विनोद प्रसाद […]