नयाँ वर्षमा सीजीको योजना: ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८२ को स्वागत गर्दै, सीजीले आफ्नो लेभल अप! क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ र ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा विभिन्न लाभहरू प्राप्त गर्न सक्नेछन् […]

हेटौँडा सिमेन्टले पाँच महिनापछि थाल्यो उत्पादन

मकवानपुर । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्‌को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तिसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताए । उद्योगलाई आवश्यक पर्ने […]

रवि लामिछाने कारागार चलान

काठमाडौं । सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारमा पठाइएको छ। उनलाई सोमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो। त्यहाँ लामिछानेलाई थुनुवा पुर्जी दिएर भैरहवास्थित जिल्ला कारागारमा पठाइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार उनी अदालतको अर्को फैसला नआउनेबेलासम्म […]

निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् । २०७६ चैत २४ मा मन्त्रिपरिषदले निर्णय गरेर २०७६ चैत २५ मा नेपाल राष्ट्र […]

किसानलाई अनुदानमा यान्त्रिक हलो

बाग्लुङ । ढोरपाटन बाग्लुङको काठेखोला गाउँपालिकाले दलित किसानलाई प्रविधिसँग जोड्नका लागि ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ । यान्त्रिकीकरणमार्फत किसानलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख गराउन यान्त्रिक हलो (मिनीटेलर) प्रदान गरिएको हो । पछिल्लो समय गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग र आवश्यकतालाई मध्यनजर गरी यान्त्रिक हलो भएकाले वितरण […]

काठमाडौंको वायु आज पनि निकै अस्वस्थकर, विश्वको दोस्रो नम्बरमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु आज पनि अति अस्वस्थकर रहेको छ । आईक्यू एयरको तथ्याङ्क अनुसार आज बिहान काठमाडौं उपत्यकाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) २११ रहेको छ । आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो नम्बरमा रहेको छ । पहिलो नम्बरमा रहेको भारत दिल्लीको एक्युआई ३२३ छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार […]

बैंकिङ प्रणालीबाट ३५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले सोमबार ३५ अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

समता घरेलु लघुवित्तको सीईओमा घिमिरे नियुक्त

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा डा. मदन  घिमिरेलाई पुनः नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको चैत २२ गते बसेको बैठकको निर्णयले घिमिरेलाई आगामी चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । सोमबारका लागि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८०० तोकेको छ । आइतबार सुनको मूल्य १ लाख ७४ हजार ५०० मा कारोबार भएको थियो। सुनको मूल्य शुक्रबार प्रतितोलामा ३ हजार ९०० र आइतबार १ हजार ९०० रुपैयाँ घटेको थियो। गत बिहीबार […]

एनआईसी एशिया बैंकको ऋणपत्र निष्कासन

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सोमबार देखि १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ निष्कासन गरेको छ। ऋणपत्रको वार्षिक ७ प्रतिशत ब्याजदर तोकिएको छ । बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले जम्मा ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। सोमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारणमा […]