‘नेपाल- बङ्गलादेश पर्यटन सम्मेलन’ सम्पन्न

काठमाडौं । नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास, ढाकाको सहकार्यमा बंगलादेशको चट्टग्राममा ‘नेपाल- बङ्गलादेश पर्यटन सम्मेलन’ सम्पन्न भएको छ । ‘गन्तव्य नेपाल बंगालको खाडीदेखि हिमालयसम्म’ भन्ने नारासहित आयोजित यस कार्यक्रममार्फत नेपाल र बङ्गलादेशबीचको पर्यटन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य लिइएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीले पर्यटन र […]

दैलेखको जलजलेमा  एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको विशाल भण्डारण 

काठमाडौं । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य […]

फेडरल रिजर्भको ब्याज दर यथावत, ‘पर्ख र हेर्न’ रणनीति कायम

काठमाडौं । अमेरिकी फेडरल रिजर्भ (फेड) ले संघीय कोष दरको लक्ष्य दायरा ४.२५ प्रतिशतदेखि ४.५ प्रतिशतसम्म यथावत् राख्ने निर्णय गरेको छ । हालैको मौद्रिक नीतिसँगै, फेडले पछिल्लो पटक पनि ब्याजदरमा कुनै परिवर्तन नगर्ने निर्णय गर्दै चौथोपटक लगातार बेन्चमार्क दर यथावत् राखेको हो । फेडको निर्णयलाई ‘पर्ख र हेर्न’ रणनीतिको निरन्तरता मानिएको छ, जुन पछिल्लो समय अमेरिकी आर्थिक गतिविधिमा […]

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानीका लागि सम्झौता

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिप तथा नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कुमार कट्टेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएसको […]

सानिमा रिलायन्स लाईफको सीप विकास कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सिप विकास कार्यक्रम सम्पन्न गरेको छ। गत जेठ ३१ र असार १ गते बर्दियाको एक रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्दक बनाउन कम्पनीमा अतुलनिय योगदान दिइरहेका अभिकर्ताहरुलाई बिशेष प्राथमिकता सहितको तालिम प्रदान गर्न छिमेकि मुलुक भारतका अनुभवी प्रशिक्षक विजय कुमार झा लाई […]

अमेरिकी दूतावसले भन्यो, ‘नेपालमा एमसीसी कार्यान्वयनमै’

काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालमा निरन्तरता पाउने भएको छ । दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी विदेशी सहायता कम्तिमा ९० दिनका लागि रोक्का गर्ने आदेश दिएका छन् । उक्त आदेशसँगै अमेरिकी अन्य सहायतासँगै एमसीसी परियोजना पनि रोकिएको थियो । असार ४ गते नेपाल स्थित अमेरिकी दूतावासले […]

घट्यो सुनचाँदी दुवैको मूल्य

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय  रहेको छ । हिजो प्रतितोला छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ९ सय रहेको सुन आज प्रतितोला ४ सयले घटेको हो । आज छापावाल सुन प्रति १० ग्राम १ लाख ६७ हजार ६ सय १० रहेको छ हिजो  प्रति १० ग्राम […]

वर्षाले नारायणगढ बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह, यस्तो छ बैकल्पिक रुट

काठमाडौं । लगातार परेको पानी र बर्षाको कारण पुर्व पश्चिम महेन्द्र राजमाग्र अन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको सडक अबरुद्द भएको  छ । जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरी नायव उपरीक्षक सूचना अधिकारी (मधु नेपाल) ले दिएको जानकारी अनुसार  बर्षादको कारणले नारायणगढ-बुटवल सडक खण्डको विनयी खोलामा पानीको सतह वढ्न गई सवारी आवागमन भईरहेको डाइभर्सनमा क्षती […]

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं ।संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।  प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुने सम्भावित कार्यसूची छ ।  वन तथा वातावरण […]

सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब पुग्यो

काठमाडौं । पछिल्लो समय मुलुकको सार्वजनिक ऋण करिब सवा दुई खर्बले बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष ११ (वैशाखसमसान्तसम्म) महिनामा मुलुकको सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६६ करोड पुगेको छ ।  पछिल्लो ११ महिनामा सार्वजनिक ऋण दुई खर्ब २० अर्ब ५८ करोड रुपैयाँ थप हुँदा उक्त मात्रामा सार्वजनिक ऋण […]