यस्तो छ दैसैंको दिनका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको थियो । […]

राष्ट्रपतिद्वारा विजयादशमीको शुभकामना : राष्ट्रिय मेलमिलाप र सुशासनमा जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार (२०८२ असोज १६ गते) शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि कामना गरेका हुन् । शुभकामना […]

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेकाे दाबी – सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिले महानगरको दमकल पुगेको थियो

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले २४ भदौमा सिंहदबारको लागेको आगो निभाउन सबैभन्दा पहिले काठमाडौं महानगरको दमकल पुगेका दाबी गरेका छन् । बुधबार दिउँसो नगर प्रहरी प्रमुख पाण्डेले आफ्नो फेसबुक अकाउन्टमा लेख्दै सिंहदरबारको आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले पुगेको दाबी गरेका हुन् । भदौ २३ देखि सुरु भएको जेनजी आन्दोलनको दोस्रो […]

दसैँमा छ लाख ११ हजार बढीले छाडे काठमाडौं

काठमाडौं । दसैँ मनाउनका लागि काठमाडौं उपत्यकाबाट ६ लाख भन्दा बढीले उपत्यका छोडेका छन् । दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा ६ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म सो संख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् […]

‘बढी भाडादर असुल गर्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गर्छौं’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवम् कानूनको प्रतिकूल हुनेगरी निर्धारितभन्दा बढी भाडादर असुल्ने यातायात व्यसायीलाई तत्कालै कारबाही गरिने बताएका छन् । चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानून विपरीतका त्यस्ता क्रियाकलाप तत्काल […]

मुस्ताङ भन्सारबाट दुई अर्ब बढी राजस्व संकलन

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा २ अर्ब २ करोड ९६ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौमा पूर्णरूपमा सञ्चालनमा आएको यहाँको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले मङ्गलबार बिहानसम्म उक्त राजस्व संकलन गरेको हो । यो भन्सार कार्यालयको इतिहासमै पहिलो पटक त्यति ठूलो अनुपातमा राजस्व संकलन […]

प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादशैंका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन् । नेपालीको महान् चाड बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडाका कारण प्रधानमन्त्रीले दसैँको टिका नलागाउने भएकी हुन् । जेनजी आन्दोलनको पिडा ताजै भएकाले यस वर्ष टीका लगाउने […]

विश्वक कप खेल्न सन्दीप टीमसँगै ओमान प्रस्थान 

काठमाडौं । वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बनमा परेका स्पीनर सन्दीप लामिछानेले अर्को सातादेखि ओमनमा हुने विश्वकप छनोटमा भने सहभागी हुने भएका छन् । नेपाल क्रीकेट संघ (क्यान) ले सन्दीपले अनुशासन उल्लंघन गरेको भन्दै वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बन गरेको जनाएको थियो । तर, अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आईसीसी टी–२० विश्वकप एसियारइएपी छनोटमा […]

वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित रहेको क्यानको प्रष्टीकरण

काठमाडौं । वेष्ट इन्डिजविरुद्धको खेलमा नेपालका पूर्व कप्तान सन्दीप लामिछाने निलम्बनमा परेको पाइएको छ । नेपाल क्रिकेट संघका सचिव पारख खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीप निलम्बनमा परेका कारणले अन्तिम दुई खेल खेल्न नपाएको जानकारी दिएका हुन् । पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट पहिले स्वयम सन्दीप लामिछानेले खेल नखेल्ने निर्णय गरेको विज्ञप्तिमा जानकारी […]

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

काठमाडौं । आज ३५ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विधि कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो । त्यसपछि विश्वभर आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ । आज स्थानीय र विश्वव्यापी नेतृत्व गरेका वृद्ध व्यक्तिहरूको […]