वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाईयो, साढे ९ हजार तोकियो 

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ ००  रुपैयाँ बनाएको छ । श्रमिकसँग स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५०० आजैदेखि अनिवार्य लिन भन्दै स्वास्थ्य व्यवसायीहरुले व्यवसायीहरुमा परिपत्र जारी गरिएको छ । पूर्व श्रममन्त्री शरद सिंह भण्डारीले वैदेशिक रोजगारमा जाने नेपालीहरुको स्वास्थ्य जाँच शुल्क परिमार्जन गर्दै एकै पटक तीन हजार […]

कामना सेवाको नयाँ निक्षेप योजना : के हो अल्फा ग्रो र विशिष्ट खाता ?

काठमाडौं । “नियमित निक्षेप संकलन गर्ने र कर्जा प्रवाह गर्ने मात्र नभई हामीले हरेक निक्षेप योजनामा केही न केही विशिष्टीकृत सेवाहरु थपेका छौं । जिवन विमा नै गर्ने योजना भएको खाता ल्याउने बैंक पनी हामी पहिलो नै होला । विश्वका विकशित देशहरुमा जस्तै हामीले डोर स्टेप बैंकिङको थालनी गरि सकेका छौं ।” बजारमा अहिले कामना […]

हुम्लामा निःशुल्क आँखा शिविरः अपाङ्गता र ज्येष्ठ नागरिक लाभान्वित

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा ६१२ सेवाग्राही लाभान्वित भएका छन् । तीमध्ये ६९ जनाको मोतीबिन्दुको निःशुल्क शल्याक्रियासमेत गरिएको थियो । नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा, नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा रेडी आई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित सो तीन दिने शिविरमा निः शुल्क आँखा परीक्षण, औषधि वितरण, […]

जनमुक्ति सेनाले बर्दिबासमा मनायो २५ औं स्थापना दिवस

काठमाडौं । पूर्व जनमुक्ति सेना नेपालले महोत्तरी बर्दिबासमा आफनो २५ औं स्थापना दिवस मनाएको छ । सेनाले सोमबार महोत्तरी बर्दिबासमा एक कार्यक्रम गर्दै आफनो स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा बलनारायाण श्रेष्ठको अध्यक्षता तथा प्रमुख अतिथि बिमशरिज कार्कीको उपस्थितिमा स्थपना दिवस मनाइएको हो । सो अवसरमा भूतपूर्व सेनाहरुले विगतका आफनो भोगाइ र वर्तमान […]

अमेरिकी खुद्रा बिक्री बढ्यो

वासिङ्टन। अमेरिकी खुद्रा बिक्री सेप्टेम्बरमा अनुमान गरिएकोभन्दा ढिलो गतिमा बढेको सरकारी तथ्याङ्कले मङ्गलबार देखाएको छ । उच्च मूल्यले खर्च गर्नसक्ने सामर्थ्यको चिन्ता थपेको छ भने फर्महरू व्यापार लागतमा वृद्धिसँग जुधिरहेका छन् । समग्र खुद्रा बिक्री अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले बढेको अमेरिकी वाणिज्य मन्त्रालयले जनाएको छ । यो विश्लेषकको अपेक्षाभन्दा अलि कम र अगस्टको ०.६ […]

साढे ७ अर्बको ३२ सय वटा विद्युतीय गाडी आयात

काठमाडौं । आर्थिक वर्ष २०८२\८३ मा पहिलो चार महिनामा ३ हजार २ सय ३ वटा विद्युतीय कार, जीप, भ्यान आयात भएको छ । भन्सार विभागका तथ्याङ्क  अनुसार चालु आवको कात्तिकसम्मा  ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँको ईभी कार, जीप, भ्यान आयात भएको हो । कार आयात हुँदा सरकारलाइ ४ अर्ब ६८ करोड रुपैयाँ राजस्व […]

जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बेच्न प्रतिबन्ध

जकार्ता । इन्डोनेसियाको राजधानी जकार्तामा रेबिज सङ्क्रमण नियन्त्रणका लागि कुकुर, बिरालो र चमेरोको मासु बेच्न र उपभोगमा प्रतिबन्ध लगाइएको शहरका गभर्नरले मङ्गलबार जानकारी दिएका छन् । जकार्ताका गभर्नर प्रमोनो अनुङले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै भने, “खानाको उद्देश्यका लागि रेबिज सार्ने जनावरहरूको मासु बेच्न नगर प्रशासनले प्रतिबन्ध लगाएको छ। यसका लागि मैले निर्णयमा हस्ताक्षर […]

सार्वजनिक ऋण चार महिनामा थपियो ५५ अर्ब ३६ करोड

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो चौमासिक अर्थात साउन १ देखि कात्तिक मसान्तसम्ममा ५५ अर्ब ३६ करोड सार्वजनिक ऋण थपिएको छ । कात्तिक मसान्तसम्म आइपुग्दा कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब २९ अर्ब ४१ करोड पुगेको छ । यो कुल गार्हस्थ उत्पादनको ४४.६९ प्रतिशत हो । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा […]

अफगानिस्तान हवाइ आक्रमणमा पाकिस्तानको संलग्नता नरहेको दाबी, अफगानिस्तानद्वारा ‘जवाफी कारबाही’ गर्ने चेतावनी

जिगे मुगलगाई । अफगानिस्तानको तालिबान सरकारले गए रातभर भएको घातक हवाई हमलाका लागि पाकिस्तानमाथि आरोप लगाउँदै यसको ‘उचित प्रतिक्रिया’ दिने बताएको छ । तर पाकिस्तानले अफगानिस्तानमा भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ । खोस्त प्रान्तमा भएको हवाई आक्रमणमा नौ बालबालिका र एक महिलाको मृत्यु भएको तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक्समा पोस्ट गर्दै जानकारी गराएका छन् […]

करिब ४० कम्पनीले आइपीओ प्रस्तावसहित बोलाए साधारण सभा, कुन-कुन हुन् ?

काठमाडौं । चालु आर्थिक वर्षको यसअवधि (मंसिर १० गते)सम्म आइपुग्दा ३९ कम्पनीले आइपीओ प्रस्तावसहित साधारण सभा बोलाएका छन् । ३९ कम्पनीहरुमध्ये ३१ वटाले आफ्नो साधारण सभाबाट आइपीओ बिक्रीको प्रस्ताव पारित गरिसकेका छन् । ८ कम्पनीको भने उक्त सभा हुन बाँकी छ । आइपीओ बिक्रीको प्रस्ताव पेश गर्नेमा होटल, हस्पिटल, फार्मास्युटिकल्स, सिमेन्ट र हाइड्रोपावरलगायत रियल सेक्टरका कम्पनीहरु […]