निर्यात व्यापार २ खर्ब १७ अर्ब माथि

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मुलुकको वैदेशिक व्यापार अन्तर्गत निर्यात व्यापारमा वृद्धि भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनाको प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा कुल वस्तु निर्यात ७२.७ प्रतिशतले वृद्धि भई २ खर्ब १७ अर्ब ९१ करोड पुगेको बताएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो […]

मूल्य वृद्धि १.६३ प्रतिशत विन्दुले घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्य वद्धि) घटेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार मूल्य वृद्धि घटेको देखिएको हो । २०८२ वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.४० प्रतिशत रहेको […]

१० महिनामा भित्रियो साढे १३ खर्ब रेमिटेन्स

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीहरुले पठाउने विप्रेषण (रेमिटेन्स) आप्रवाह १३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०८१/८२ को दश महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको जनाएको हो ।  अघिल्लो वर्षको सोही अवधिमा […]

दिव्यश्वरी हाइड्रोले पुनः बोलायो साधारण सभा

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले हकप्रद शेयर लगायतका मुद्दाहरु पारित गर्नका लागि पुनः वार्षिक साधारण सभा बोलाएको छ । हाइड्रोले यसअघि जेठ २२ गतेको लागि बोलाएको वार्षिक साधारण सभामा कम्पनी ऐन, २०६३ र कम्पनीको स्वीकृत नियमावली बमोजिम गुणपुरक संस्या नपुगी स्थगित भएकोमा पुनः वार्षिक साधारण सभा बोलएको हो । सभा असार ९ गतेको लागि बोलाइएको […]

छ सयले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्दा र चाँदीको मूल्य बढेको छ । सुन प्रति तोला छ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ९० हजार रुपैयाँमा करोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ९० हजार ६०० थियो । चाँदीको मूल्य १५ रुपैयाँले […]

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको नेपालको पहिलो राष्ट्रिय स्तरको वेस्ट ह्याकाथन तीन उत्कृष्ट टिमलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ । फोहरमैला व्यवस्थापनमा केन्द्रित यस किसिमको यो पहिलो ह्याकाथनमा सहभागीताका लागि ४०० भन्दा बढी आवेदकहरु रहेका थिए र अन्तिममा १३ उत्कृष्ट टोली छनौटमा परेका […]

दुई संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । मंगलबार संसद् अन्तर्गत  दुईवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । राज्य व्यवस्था समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक र विधायन व्यवस्थापन समिति‍मा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने […]

हकप्रद शेयर निष्काशनका लागि जोशी हाइड्रोले पायो अनुमति

काठमाडौं । हकप्रद शेयर निष्काशनका लागि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीको हाल कायम चुक्ता पुँजीको आधारमा १:०‍.६५ कित्ता अर्थात् १०० बराबर नयाँ ६५ कित्ता हकप्रद  शेयर बिक्रीका लागि अनुमति दिएको हो । उक्त अनुपातअनुसार २४ लाख १४ हजार कित्ता शेयर निष्काशन गर्न कम्पनीले पाउनेछ । कम्पनीको धितोपत्र निष्काशन […]

कालिमाटीमा गोलभेँडा किलोकै ११० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९५, […]

संघीय अस्पतालहरुमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरुमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन् । बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेको स्वास्थ्य जनशक्तिका थप गर्ने गरी मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा प्रक्रिया अघि बढाएका थिए । यसका लागि उनले प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा गठन गरेको आन्तरिक कार्यदलले […]