राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा संगठनलाई आधुनिकीकरण र द्रुत परिचालनयोग्य बनाउनेतर्फ सरकार अग्रसर रहेको बताएका छन् । शुक्रबार सशस्त्र प्रहरी बलको २५औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू बाधक नभई साधन बनेर दीर्घकालीन महत्त्व र उपलब्धिका लागि योजनाका रूपमा मन्त्रालयमा आएका कुनै पनि कुरालाई रचनात्मक एवं सकारात्मक सहयोग गरिरहेको बताए […]

