नबिल बैंकले पायो अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ प्रमाणपत्र

काठमाडौं । नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्ट (INTERCERT) ले प्रदान गरेको हो । नबिल बैंकको मुख्य कार्यालयमा आयोजित प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बैंकले ISO प्रमाणपत्र प्राप्त गरेको हो । कार्यक्रममा बैङ्कका  उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको […]

नेपाललाई ‘ग्रे लिस्ट’बाट जोगाउन गभर्नर अधिकारीको नेतृत्वमा १३ सदस्सीय टोली फिलिपिन्स प्रस्थान

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणमा नेपाललाई ग्रे लिस्टबाट जोगाउन गभर्नर अधिकारीको नेतृत्वमा १३ सदस्सीय टोली आज फिलिपिन्स प्रस्थान गरेका छन् । एसिया प्रशान्त समूह (एपीजी) को सम्पत्ति शूद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणमा पारस्परिक मूल्यांकन प्रतिवेदनको आधारमा नेपाल सूक्ष्म निरीक्षण गरेको छ । पारस्परिक मूल्यांकन प्रतिवेदनको आधारमा एपीजीले नेपालाई गत […]

कोशी प्रदेशमा कर्जा प्रवाह ३.८१ प्रतिशतले वृद्धि भई ५ खर्ब ७८ अर्ब पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ३.८१ प्रतिशतले वृद्धि भई ५ खर्ब ७८ अर्ब पुगेको छ । राष्ट्र बैंकले कोशी प्रदेशको आर्थिक गतिविधि २०८०८१ को वार्षिक अध्ययन प्रतिवदेनमा उक्त कुरा बताएको हो । राष्ट्र बैंक्का अनुसार २०८१ असार […]

२ अर्ब ५५ करोडको उपदान तथा पेन्सन कोषमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको उपदान तथा पेन्सन कोषमा लगानी गर्ने भएको छ । बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापनको लागि राष्ट्र बैंकले लगानी गर्न लागेको हो । राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ५५ करोड रुपैयाँमा लगानी गर्ने भन्दै इच्छुक बैंक तथा वित्तीय संस्थालाई आवेदन दिन आग्रह […]

नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापन र सञ्चालन गर्ने ब्यक्तिको नतिजा सार्वजनिक

काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन र सञ्चालन सुधारका लागि नेपाल राष्ट्र बैंकले दुईजना व्यवस्थापन सदस्य पदका लागि आवेदन आह्वान गरेकोमा सो को नतिजा सार्वजनिक गरेको छ  बैङ्कले २०८१ मंसिर १२ मा आवेदन माग गरेको थियो । आवेदन पत्रमा  माग गरे बमोजिम आधारमा रित पुर्वक दरखास्त पेश गरेर  तोकिएका परिक्षामा सहभागी […]

राष्ट्र बैंकद्धारा मनोकामना मनिचेन्जरको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गैरकानुनी काम गरेको भन्दै मनोकामना मनिचेन्जर वीरगञ्ज प्राइभेट लिमिटेडको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले भारतीय रुपैया खरिद बिक्री गर्न इजाजतपत्र प्राप्त गरेको मनोकामनाको इजाजतपत्र रद्द गरेको हो । नेपाल राष्ट्र बैंकले , मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा […]

आज ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं ।  बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता बढेको  हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागेको हो […]

बैङ्क खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न राष्ट्र बैङ्ककाे निर्देशन

काठमाडौं ।२०८१ माघ १ गते देखि बैंकिङ तथा वित्तीय सेवासम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्रको प्रयोग गर्नुपर्ने    भएको छ नेपाल सरकारले  २०८१ असार १० गतेको नेपाल राजपत्रमा प्रकाशित गरेर सो बिषयको जाकारी दिएको हो । राजपत्रमा उल्लेख भएबमोजिम  भएबमोजिम बैंक तथा वित्तीय संस्थाले नागरिकको  राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा बैङ्क  खाता खोल्ने व्यवस्था मिलाउनु पर्नेछ  । नेपाल सराकरले […]

५ महिनामा रेमिट्यान्स साढे ६ खर्बको रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा करिब साढे ६ खर्बको रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्मको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ […]

कपोलकल्पित समाचार र बैंकिङ्ग सेवा अवरोधप्रति तीन संघको गम्भीर ध्यानाकर्षण

काठमाडौं । पछिल्लो समय कृषि विकास बैंक लिमिटेडको सिराहा जिल्ला, लहानस्थित शाखा लगायतका अन्य बैंक शाखाहरूमा कार्यरत कर्मचारीहरू लक्षित गरी सामाजिक संजाल र सञ्चार माध्यमहरूमा कपोलकल्पित तथा भ्रामक समाचारहरू प्रसारित हुनुका साथै बैंकिङ्ग सेवा अवरुद्ध पार्ने किसिमका गतिविधिहरू हुन पुगेका घटनाहरूमा नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघको गम्भीर ध्यानाकर्षण भएको […]