कामना सेवा विकास बैंकले प्राप्त गर्यो लगातार ‘बीपीए’ गोल्ड अवार्ड

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्धारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित National Best Presented Annual Report (BPA) Award 2025 अन्तर्गत वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्ड बाट सम्मानित भएको छ । कामना सेवा विकास बैंकले लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ । बैंकले BPA Award […]

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन तथा अन्य दुई अवार्डद्वारा सम्मानित

काठमाडौं। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नबिल बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा वार्षिक रुपमा प्रदान गरिने निजी क्षेत्रको बैंक तर्फको गोल्ड अवार्ड प्राप्त गरेको छ। साथै बिपिए पुरस्कारको इतिहासमै पहिलो पटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवैतर्फ सर्टिफिकेट […]

४५ अर्वको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८४ क’ जारी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । बुधबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । ब्याज भुक्तानी अर्धवार्षिक हुनेछ भने साँवा भुक्तानी मिति २०८४ […]

मौद्रिक नीतिमा आर्थिक स्थायित्व र वृद्धिको सन्तुलन आवश्यक: कार्यवाहक गभर्नर पण्डित

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर किरण पण्डितले आगामी मौद्रिक नीतिले सरकारले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने भए पनि आर्थिक स्थायित्व कायम राख्ने चुनौतीलाई समान रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखेका छन्। मंगलबार काठमाडौंमा आयोजना गरिएको ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मौद्रिक नीति आउनुअघि हुने यसप्रकारका […]

बैंकमा अभूतपूर्व तरलता, लगानीयोग्य रकम पौने १४ खर्ब पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक विवरणहरू हेर्दा बाह्य क्षेत्रका रूपमा रहेका विदेशी मुद्रा सञ्चिति, शोधनान्तर बचत, रेमिट्यान्स आप्रवाह लगायतको अवस्था सकारात्मक छ । विदेशी मुद्राको सञ्चिति करिब २६ खर्ब ७७ अर्ब पुगेको छ । शोधानान्तर स्थिति ८ खर्ब ६३ अर्बले बचतमा छ । रेमिट्यान्स आप्रवाह ४१ प्रतिशतले बढेको छ । तर अधिकांश […]

राष्ट्र बैंकले ३५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८४ क’ जारी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । मंगलबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । ब्याज भुक्तानी अर्धवार्षिक हुनेछ भने साँवा भुक्तानी मिति २०८४ असार […]

प्राइम कमर्शियल बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं । प्राइम कमर्शियल बैंकले आजदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो। यो ऋणपत्र मध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन हुने छ। सर्वसाधरणको लागि […]

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि १५ हजार २७ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयरधनी इन्द्र प्रसाद शेरचनले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेको छ । उक्त सेयर खरिद गरी लिन ईच्छुक हाल कायम […]

बैंक तथा वित्तीय संस्थाको पुँजी कोषको आकार ८ खर्ब ३१ अर्ब पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पुँजीको कोषको आकार ९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोषका आकार ८ खर्ब ३१ अर्ब ८० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आव २०८१/ ८२ सोही अवधिको तुलनामा ८.७० प्रतिशत अर्थात् […]

भारत र चीनको ऋण विश्व बैंक र एडिबीभन्दा महँगो, राष्ट्रहितविपरीतका सर्त स्वीकार्दैनौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत र चीनबाट प्राप्त हुने ऋण विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) को तुलनामा महँगो हुने बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले छिमेकी मुलुकबाट प्राप्त हुने ऋणमा ती देशका साधनस्रोत, सामग्री र विशेषज्ञताको प्रयोग गर्नुपर्ने सर्तसमेत जोडिने गरेको बताए। उनले भारत, चीन तथा जापानबाट प्राप्त हुने […]