RE
Global College

त्रिशूली–भोटेकोशी बाढीपीडितका लागि कुमारी बैंकका कर्मचारीको ४५ लाखभन्दा बढी सहयोग

काठमाडौं । त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न कुमारी बैंक लिमिटेडका कर्मचारीले आफ्नो तलबबाट स्वेच्छिक रूपमा रकम संकलन गरी ४५ लाख ९७ हजार ३५३ रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।बैंकका कर्मचारीले संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ । उक्त रकम बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका काममा उपयोग हुने विश्वास बैंकले व्यक्त गरेको छ ।प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षति व्यहोरेका समुदायलाई सहयोग गर्ने उद्देश्यले कर्मचारीले स्वेच्छिक रूपमा रकम संकलन गरेका हुन् । यसबाट विपद्मा परेका नागरिकलाई राहत पुर्‍याउन सहयोग पुग्ने बैंकको भनाइ छ ।

यसअघि पनि कुमारी बैंकले त्रिशूली–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको थियो ।

त्यसैगरी, बाढी प्रभावितको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन बैंकले गृह मन्त्रालयलाई ३९ लाख रुपैयाँ बराबरका आधुनिक ड्रोन, पावर बैंक, जेनेरेटरलगायत विपद् व्यवस्थापनका सामग्री उपलब्ध गराएको थियो ।

कुमारी बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ । बैंकका अनुसार कर्मचारीको पछिल्लो योगदानले मानवीय सहयोग, सामाजिक एकता र विपद्का बेला समुदायप्रतिको जिम्मेवारीलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।

 

 

NECO

Leave Your Comment

Related News