विद्युतीय वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विवरण यकिन गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थालाई विद्युतीय वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विवरण यकिन गर्नुपर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. १५/०८२ मा संशोधन तथा थप गर्दै यस्तो व्यवस्था गरेको हो। भुक्तानी तथा फस्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी संशोधित निर्देशन […]

नबिल बैंकको डीसीईओमा अवस्थीको बढुवा

काठमाडौं । नबिल बैंकमा नायब महाप्रबन्धक (डीजीएम) पदमा कार्यरत गणेशप्रसाद अवस्थी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा भएका छन्। सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो। अवस्थीले बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी समय काम गरिसकेका छन्। उनले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए। […]

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आव्हान 

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा २०८३ भदौ ३१ गतेको लागि आव्हान गरेको छ । उक्त साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटार रोड, काठमाण्डौंमा हुने बैंकले जनाएको छ । उक्त साधारणसभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.व. २०८२।८३ को संचित मुनाफाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर […]

भदौ २१ गतेदेखि स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार  सुरु गर्ने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि भदौ २१ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु गर्ने भएको छ। बनेपा–५, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको स्वरोजगार लघुवित्तले बनेपा–१३, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको बागमती प्रदेशस्तरीय कार्यक्षेत्र भएको विन नेपाल लघुवित्तलाई प्राप्ति गर्न लागेको हो। उक्त प्राप्तिका लागि नेपाल राष्ट्र […]

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी विषय नियामकीय प्रक्रियाबाट समाधान हुनुपर्छ : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले लिलामी बिक्री गरेको स्मार्ट टेलिकमको सम्पत्तिको विषयमा फौजदारी आरोप भन्दा पनि देवानी प्रक्रिया मार्फत सुल्झाउन सुझाएको छ । बैंकबाट स्मार्ट टेलिकमले लगेको कर्जा ‘डिफल्ट’ भएपछि सुरक्षित कारोबार ऐन र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा आधारित भइ धितो लिलामी भयो । सो […]

नाडा अटो शो २०२६ लक्षित गर्दै नेपाल बैंकले गरे आकर्षक अटो लोन अफर सार्वजनिक

काठमाडौं । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ ९ गते देखि १४ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुन गईरहेको नाडा अटो शो २०२६ लाई लक्षित गदै ग्राहकहरुका लागि विशेष तथा आकर्षक अटो लोन अफर सार्वजनिक गरेको छ । यस अवसरमा नेपाल बैंकले सबैखाले (विद्युतीय र अन्य) नयाँ निजी तथा व्यापारीक सवारी साधन खरिद गर्न […]

गभर्नर नियुक्तिमा कडाइ : उच्च शिक्षा, अनुभव र ‘कुलिङ पिरियड’ अनिवार्य बनाउने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर तथा सञ्चालक नियुक्ति प्रक्रियालाई थप पारदर्शी, व्यावसायिक र स्वार्थको द्वन्द्वरहित बनाउन कडा मापदण्ड लागू गर्ने तयारी भएको छ। संघीय संसद्को अर्थ समितिले राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको छलफलमा गभर्नर तथा सञ्चालकको शैक्षिक योग्यता, व्यावसायिक अनुभव, शेयर स्वामित्व र ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था थप स्पष्ट र कडा बनाउने प्रस्ताव अघि […]

अब बैंकबाहेक अन्य योग्य कम्पनीले पनि ऋणपत्र जारी गर्न पाउने, सेबोनद्वारा नियमावलीको मस्यौदा जारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पूँजी बजारलाई विविधिकृत, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ ‘ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाहरूबाट सुझाव माग गरेको छ। हाल बैंक तथा वित्तीय संस्थामा मात्र मुख्य रूपमा सीमित रहेको ऋणपत्र बजारलाई विस्तार गरी अन्य योग्य संगठित संस्थाहरूलाई समेत ऋणपत्रमार्फत दीर्घकालीन पूँजी जुटाउन […]

बैंकिङ प्रणालिमा आधिक तरलता ८५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले शुक्रबार ८५ अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले १६५  दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा […]

एनआईएमबी बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । एनआईएमबी बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । स्मार्ट टेलिकमले धरौटी राखेको धितो लिलाम गरेको अभियोगमा उनीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो । उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले ८० लाख धरौटीमा छाड्न आदेश दिएको हो । अब उनले निर्वाधरुपमा बैंकको कामकारबाही अघि बढाउन […]