RE
Global College

कुमारी बैंकको साधारण सभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत

काठमाडौं । कुमारी बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंसभा काठमाडौंको सुवर्ण शमशेर सडकस्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्समा सम्पन्न भउको हो ।

सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि वितरणयोग्य रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २.१०५३ प्रतिशतले हुन आउने ५५ करोड २१ लाख २३ हजार ३९६.६३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गरेको छ ।

सोही सभाले बैंकका सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

NECO

Leave Your Comment

Related News