काठमाडौं ।गत भाद्र १० गते आएको रसुवा भोटेकोशी बाढीले असर गरेका उध्धम व्यवसाय, रसुवा रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध-तयारी तथा तयारी मालबस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय एवं बाढीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको विक्री तथा आम्दानीको अबस्था हेरि ऋणीले भुक्तानी गर्नु पर्ने साँवा ब्याजको भुक्तानी अबधि थप गर्ने नेपाल राष्ट्र बैकले नेपाल राष्ट्र बैकबा ट लाइसेन्स प्राप्त इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाइ निर्देशन दिएको छ । नेपाल राष्टर बैंकले यी संस्थालाइ परिपत्र जारी गर्दै यो व्यवस्था गर्न अनुरोध गरेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार भोटेकोशी तथा बुढीगण्डकीको बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसाय, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध-तयारी तथा तयारी मालबस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय एवं बाढीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको हकमा विक्री तथा आम्दानी, नगद प्रवाह, जगेडामा रहेको रकम लगायतका ऋणीको वित्तीय अवस्था, आयात एवं निर्यातमा परेको असर र कर्जा सदुपयोगिताको यथार्थपरक विश्लेषण गरी किस्ता भुक्तानी गर्न कठिनाई भएका ऋणीको २०८३ असोज मसान्तमा किस्ता (साँवा र/वा व्याज) भुक्तानी गर्ने समयावधि इजाजतपत्रप्राप्त संस्थाले २०८३ पुस मसान्तसम्म थप गर्न सक्नेछन् भनि उल्लेक गरिएको छ ।
वाढी पिडित व्यवसायीलाइ यो निर्णयले किही राहत पुग्ने छ ।
रसुवा भोटेकोशी र बुढीगण्डकी बाढी व्यवसायीको साँवा ब्याज भुक्तानी अबधि थप गर्न नेपाल राष्ट्र बैंकको निर्देशन





