मौद्रिक नीति निर्माणमा छुट्टै समितिको व्यवस्था थप्न सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा मौद्रिक नीति निर्माण गर्ने छुट्टै समितिको व्यवस्था थप्न सुझाव दिएका छन्। बुधबार बसेको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथिको छलफलका क्रममा केरुङले यस्तो सुझाव दिएका हुन्। उनले मौद्रिक नीति निर्माणका […]

गभर्नरको कार्यकाल पाँच वर्ष सम्भव नभए कम्तीमा चार वर्षको कार्यकाल राख्नु आवश्यक छ : सांसद कँडेल

काठमाडौं । नेकपा एमालेका सांसद डा. पुष्पराज कँडेलले नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यकाल पाँच वर्ष कायम गर्न प्रस्ताव गरेका छन्। पाँच वर्ष सम्भव नभए कम्तीमा चार वर्षको कार्यकाल राख्नुपर्ने उनको भनाइ छ। बुधबार बसेको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै सांसद कँडेलले यस्तो धारणा […]

६० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले बुधबार ६० अर्बको १ महिना निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले ३० दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार विहीबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० […]

नबिल बैंकको साधारण सभा २२ गते, बुक क्लोज कहिले ?

काठमाडौं । नबिल बैंकले असोज २२ गते विहिबार साधारण सभा बोलाको छ । सभा त्रिभुवन आर्मी अफिसर्स कल्ब , भद्रकाली, काठमाडौंमा बिहान साढै ९ बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र १०.८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ। कम्पनीले सभामा लाभांश प्रस्ताव पेश […]

कुमारी बैंकको लाभंश घोषणा

काठमाडौं । कुमारी बैंकले नगद लाभंश घोषणा गरेको छ । ३० गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई करसहित चुक्ता पुँजीको २.१०५५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कुमारी बैंक आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

वाणिज्य बैंकहरुको असोज महिनाको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी असोज महिनाका लागि आफ्नो नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्। प्राप्त तथ्यांक अनुसार भदौको तुलनामा असोज महिनामा निक्षेपको औसत ब्याजदर घटेको देखिन्छ। बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशत विन्दुबाट घटेर असोजमा ४.०८९५ प्रतिशत विन्दुमा झरेको छ। त्यस्तै, संस्थागत निक्षेपको औसत दर पनि ३.०८१ प्रतिशत विन्दुबाट […]

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा

काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएको छ । २०८३ भदौ २२ गते सोमबारदेखि कार्यालय समयका अतिरिक्त थप एक घण्टाको लागि सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याइएको हो । सन्ध्याकालीन काउण्टरमा चेक भुक्तानी, नगद जम्मा लगायतका सिमित बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन्  । बैंकको सिंहदरबारप्लाजा स्थित कर्पोरेट शाखा मार्फत सन्ध्याकालीन काउण्टर सेवा […]

गरिमा विकास बैंकद्धारा विनाशकारी बाढी प्रभावितका लागि १ करोड १ लाख सहयोग

काठमाडौं ।  भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरु समेतको तर्फबाट कुल १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको छ । बाढी पश्चात उत्पन्न कठिन परिस्थितिबाट प्रभावित विभिन्न जिल्लाका नागरिकहरुको उद्धार, […]

पोखरा फाइनान्सको १ करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको करिब २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको मर्जर प्रक्रियाका कारण रोक्का रहेको १ करोड ९० लाख १४ हजार ६८० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । साबिक पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच १ः१ सेयर स्वाप अनुपातमा भएको मर्जरपछि कायम भएको सेयर नेप्सेमा […]

फिनटेक क्षेत्रमा समान प्रतिस्पर्धाका लागि राष्ट्र बैंकले ल्यायो पाँचवर्षे रणनीति, फिनटेक कम्पनीलाई समान अवसर देखि गिग अर्थतन्त्र प्राथमिकतामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले फिनटेक क्षेत्रमा समान प्रतिस्पर्धाको वातावरण निर्माण गर्दै सुरक्षित र समावेशी डिजिटल वित्तीय सेवा विस्तार गर्ने लक्ष्यसहित पाँचवर्षे रणनीतिक ढाँचा अघि सारेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार पारेको ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’ सन् २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ। रणनीतिले फिनटेकमैत्री नीति तथा नियमन, […]