लाभांश पारित गर्न निफ्राले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले वार्षिक साधारणसभा बोलाएको छ । बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले असोज २३ गतेका लागि साधारणसभा बोलाएको हो । उक्त सभाले बैंकले प्रस्ताव गरेको लाभांश पारित गर्ने छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुने छ । कम्पनीले गत आर्थिक वर्षको […]

सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेशमा सेमिनार अन अनट्याप्ड पोटेन्सियल कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य कर्मचारीहरू माझ ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु – सुदूरपश्चिम प्रोभिन्स (२०८३/८४)’ कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न […]

सहकारीको ऋणको ब्याजदर अधिकतम १३ प्रतिशत कायम

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालयले सहकारी संस्थाहरूले प्रवाह गर्ने ऋणको सन्दर्भ ब्याजदर पुनरावलोकन गर्दै अधिकतम १३ प्रतिशत तोकेको छ। असोज १ गतेदेखि लागु हुने यो नयाँ व्यवस्था अनुसार यसअघि कायम १६ प्रतिशतको सीमालाई ३ प्रतिशत विन्दुले घटाइएको छ। साथै, सहकारी संस्थाहरूले बचत र ऋणको ब्याजदर बिचको अन्तर  […]

सिद्धार्थ र सिटिजन्स बैंकको लाभाश घोषणा, बोनस र नगद कति ?

काठमाडौं ।  सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज १ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। त्यसैगरी,अग्राधिकार शेयरको लागि ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई […]

एभरेष्ट बैंकको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले बैंकको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको सेयरमूल्य ६९२ रुपैयाँ ८६ पैसा कायम भएको छ । […]

सेयर बजारमा लाभकर घटाइयो: ३६५ दिनभन्दा बढी स्वामित्व भएका सेयरमा ३.५ प्रतीशत मात्र कर

काठमाडौं । सरकारले शेयर बजारमा प्राकृतिक व्यक्तिहरूले धितोपत्र बिक्री गर्दा प्राप्त हुने लाभमा लाग्ने अग्रिम करको दरमा परिमार्जन गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको शेयर कारोबारबाट हुने लाभमा नयाँ करदर कायम गरिएको जानकारी दिए। नयाँ निर्णयअनुसार ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा राखिएका धितोपत्रको बिक्रीबाट प्राप्त लाभ […]

नेशनल लाइफ र नेपाल बैंकबीच कर्मचारीको जीवन बीमासम्बन्धी सम्झौता

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंकबीच बैंकमा कार्यरत कर्मचारीको जीवन बीमासम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा नेशनल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई जीवन बीमा सुविधा उपलब्ध गराइनेछ। यसबाट कर्मचारीको जीवन तथा आर्थिक सुरक्षामा […]

कामना सेवाको २० औं वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभाशं पारित

काठमाडौं ।  । कामना सेवा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा मिति २०८३ साल भदौ ३१ गतेका दिन आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाण्डौंमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा […]

पर्यटन क्षेत्रमा आन्दोलन र बाढीको दोहोरो धक्का

काठमाडौं ।  नेपालको पर्यटन तथा होटल क्षेत्रले विगत दुई वर्षदेखि लगातार वित्तीय र भौतिक चुनौतीहरूको सामना गरिरहेको छ। गत वर्ष सन् २०२५ को पर्यटकीय सिजनमा भएको जेन-जी  आन्दोलनका कारण खस्किएको पर्यटन व्यवसायलाई  सन् २०२६ मा पर्यटकीय सिजनकै मुखमा आएको विनाशकारी बाढी-पहिरोले थप सङ्कटमा धकेलिदिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा नेप्सेमा सूचीकृत होटल तथा पर्यटन […]

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन हुँदै आएका   दुवै कार्यक्रमका लागि भदौ ३० गते मंगलबार आवेदन आह्वान गरिएको हो । इच्छुक आवेदकहरूले आगामी असोज २६ गतेसम्म […]