RE
Global College

निफ्राले सार्वजनिक गर्‍यो पहिलो त्रैमासिक वित्तीय विवरण, खुद नाफा घटेर १६ करोड ६६ लाखमा सीमित

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने निफ्रा पहिलो कम्पनी बनेको छ।

सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफामा गिरावट आएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २० करोड रुपैयाँ खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेर १६ करोड ६६ लाख रुपैयाँमा सीमित भएको हो।

बैंकको खुद ब्याज आम्दानी  मा आएको ठूलो गिरावटका कारण नाफा प्रभावित भएको देखिन्छ। गत वर्षको पहिलो त्रैमासमा ६७ करोड ३३ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर चालु आवको सोही अवधिमा ३४ करोड ४२ लाख रुपैयाँमा झरेको छ।

खुद ब्याज आम्दानी घटेसँगै बैंकको सञ्चालन नाफामा पनि गिरावट आएको छ।

हाल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (EPS) ३.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११२.६८ रुपैयाँ रहेको छ।

NECO

Leave Your Comment

Related News