काठमाडौं ।नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवामा नवप्रवर्तन र फिनटेकलाइ प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको ‘डिजिटल फाइनान्स इनोभेसन हब’ को प्रभाव प्रतिवेदन सार्वजनिक गरेको छ। अक्टोबर १२, २०२६ सम्मको तथ्याङ्कमा केन्द्रीत रहेर सार्वजनिक गरिएको प्रतिवेदनमा नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रका ५० वटा विभिन्न नवप्रवर्तनकारी सोचसँग संलग्नता रहेको उल्लेख गरिएको छ ।
सुरक्षित, पारदर्शी र जिम्मेवार डिजिटल वित्तीय प्रविधिलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ स्थापना गरिएको DiFI-Hub ले नयाँ विचार बोकेका फिनटेक नवप्रवर्तकहरूलाई विद्यमान ऐन, नियम र नीतिहरूबारे स्पष्टता प्रदान गर्नुका साथै नियमनकारी मार्गदर्शन उपलब्ध गराउँदै आएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।
सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख भए अनुसार डिजिटल भुक्तानी र कर्जामा नवप्रवर्तकहरूको बढी आकर्षण देखिएको छ सार्वजनिक प्रतिवेदनअनुसार छलफलमा आएका नवप्रवर्तनहरूमध्ये सबैभन्दा बढी डिजिटल भुक्तानी क्षेत्रका १२ वटा र डिजिटल कर्जा सम्बन्धी ११ वटा रहेका छन्। यसैगरी क्रेडिट स्कोरिङका ७, इम्बेडेड फाइनान्सका ५, ओपन बैंकिङ/फाइनान्सका ४, नियमन प्रविधि) डिजिटल अनबोर्डिङका २ तथा डिजिटल पहिचान र अन्य प्रविधिसम्बन्धी विचारहरू आएका छन् ।
५० नवप्रवर्तनहरूमध्ये २० वटा पूर्ण रूपमा बजारमा ल्याउन तयार (अवस्थामा रहेका प्रतिवेदनमा उल्लेख रहेको छ
केन्द्रीय बैंकले फिनटेक क्षेत्रमा नयाँ सोच र प्रविधि लिएर आउने नवप्रवर्तकहरूलाई केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागस्थित सचिवालयमा सम्पर्क गर्न र छलफललमा सहभागि बन्न आब्हान गरेको छ ।
नेपाल राष्ट्र बैंकको ‘डिजिटल फाइनान्स इनोभेसन हब’, प्रतिवेदन सार्वजनिक: नयाँ प्रविधिसँगको सहकार्य





