१० महिनामा ११ खर्ब ९८ अर्ब रेमिटेन्स भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ११ खर्ब ९८ अर्ब रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको वैशाखसम्मको अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई रु.११९८ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई […]

