एमसीसी परियोजनाका लागि साढे ८ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल परियोजनाका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थ मन्त्रालयका अनुसार सो बजेटमध्ये २ अर्ब ७७ करोड रुपैयाँ मात्रै सरकार आफैंले खर्च गर्नेछ भने बाँकी ५ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक अनुदानबाट जुटाइनेछ। […]

आठ महिनामा ६४२ किलोमिटर सडक विस्तार, पिच ३५५ किलोमिटर

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा संघीय सरकारले ६४२ किलोमिटर सडक विस्तार गरेको छ । चालु आवको साउनदेखि फागुन मसान्तसम्मको अवधिमा संघीय सरकारले कालोपत्रे, ग्रावेल÷खण्डास्मित र कच्ची सडक गरी ६४२ किलोमिटर सडक विस्तार गरेको हो । चालु आवको फागुन मसान्तसम्म संघीय सरकारबाट निर्मित सडकको लम्बाई ३६ हजार १३२ किलोमिटर पुगेको छ । गत […]

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा नसकिए ठेक्का तोडिनेछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन् । मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनुकपुरधाममा एकैसाथ ६४ सडकको विद्युुतीय माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सिँचाइको आशामा मधेसका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भएकाले परियोजना चाँडो सक्न आग्रह गरेका हुन् […]

मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित विशेष समारोहमा डिजिटल प्रविधिमार्फत एकैपटक ६४ आयोजनाको शिलान्यास गरेका हुन् । यसरी ६४ वटा महत्वपूर्ण तथा ठूला सडक आयोजना विस्तार तथा स्तरोन्नतिका क्रममा […]

बजेट अन्तिम चरणमा, तर आयोजना बैंकमा कार्यविधि विपरित प्रविष्टि अझै जारी

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण अन्तिम चरणमा पुगे पनि नयाँ आयोजना राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट गर्ने काम अझै रोकिएको छैन। राष्ट्रिय योजना आयोगका अनुसार हालसम्म ९ हजारभन्दा बढी आयोजना बैंकमा दर्ता भइसकेका छन्। राष्ट्रिय आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१ अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन हुने नयाँ आयोजनाको […]

सर्वोच्चले पाथीभरामा केबलकार निर्माणको बाटो खोल्यो

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माणको बाटो खुल्ला गरेको छ । सर्वोच्चले पाथिभरा केवलकार निर्माण कार्य रोक्न यस अघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको हो । न्यायधीश नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको ईजलासले यस अघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । पाथिभरा केवलकार निर्माण कार्य रोक्न […]

मेलम्ची र हेलम्बु क्षेत्रको पुननिर्माणमा सरकार लाग्नेछः उर्जामन्त्री खड्का 

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुऱ्याएको क्षतिको पुननिर्माणमा सरकार लाग्ने बताएका छन् मन्त्री खड्काले आज मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत अनुगमन गर्दै बाढी प्रभावित क्षेत्रको पुननिर्माणमा सरकारले काम गर्ने बताएका हुन् । उनले मेलम्ची र हेलम्बु क्षेत्रमा सिंचाई व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गरे । […]

काठमाडौं उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गरिने

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौं उपत्यकाका चक्रपथ बाहिरका क्षेत्रहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्ने भएको छ । नेपाल सरकारको बजेट र एसियाली विकास बैंकको सहयोगमा शुरू गर्न लागिएको काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौं, बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूूर्यविनायक र […]

नागढुङ्गा नौबिसे सडक विस्तार :  यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

काठमाडौं । नौबिसे–नागढुङ्गा सडक १० दिनका लागि रातका समयमा बन्द गरिने भएको छ । सङ्घीय राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११.०० देखि बिहान ३.०० बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो । त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित […]

ठूलोखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

काठमाडौं । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत्गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट  म्यानेजर’ विनोद पौडेलले जानकारी दि]एका छन् । उनका अनुसार, बाँध, सुरुङ, विद्युत्गृह […]