सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द

काठमाडौं । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडक अन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकोे सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए । यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ […]

आजदेखि काठमाडौँ–टीकापुर उडान सुरू

काठमाडौं । २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १:४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो । पहिलो उडानमार्फत टीकापुर पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक […]

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने

काठमाडौं । मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिए । टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले […]

मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई […]

एक सातामा धरहराबाट करिब १५ लाख राजस्व सङ्कलन

काठमाडौं । २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुन: निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा रु १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ । यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म रु १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको हो । कामु आयोजना निर्देशक प्रकाश अर्यालले बुधबार बन्द हुने […]

बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ । व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ लागतमा निर्माणाधीन उक्त पुलको ५० प्रतिशत बढी भौतिक प्रगति भएको हो । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ […]

गौतमबुद्ध विमानस्थल दीगो सञ्चालनमा चेम्बर लुम्बिनी प्रदेशको जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्विनी प्रदेशले गौतमबुद्ध विमानस्थलको दीगो सञ्चालन, लगानी र सम्भावनाबारे सरोकारवाला निकायसंग बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । भैरहवामा आयोजित कार्यक्रममा चेम्बर लुम्विनी प्रदेशले मुख्यमन्त्री चेत नारायण आचार्य, पदेशका मन्त्री, निजी क्षेत्रका प्रतिनिधीसंग वृहत अन्र्तक्रिया आयोजना गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालनका लागि […]

बुढीगण्डकी लगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सम्पन्न बैठकले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि रु ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि रु २३ अर्ब ५९ करोड र दुई सय १० […]

मुग्लिन-पोखरा सडक: पूर्वी खण्डको दोस्रो पटक म्याद थप

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ । यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा त्यसपछि पहिलोपटक एक सय ५५ दिन म्याद थप भएको थियो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दोस्रोपटकका लागि उक्त खण्डको म्याद थप भएको छ […]

कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख घोषणा

काठमाडौं ।कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख घोषणा भएको छ  । बैंकको पुँजी कोष अनुपात नपुगेपछि शीघ्र सुधारात्मक कारवाही गर्दै समस्याउन्मुख घोषणा गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ  । यसकासाथै बैंकलाई आजैदेखि थप निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न रोक लगाइएको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार नेपालगञ्ज बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट […]