‘भैरहवाबाट अब अन्तर्राष्ट्रिय उडान रोकिँदैन’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवास्थित गौतम बुद्व विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान नरोकिने बताएका छन् । विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सरकार दृढ र प्रतिबद्ध रहेकाले सुरु भएका अन्तर्राष्ट्रिय उडान अब विगतमा झैँ नरोकिने बताएका हुन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको कार्यक्रममा उनले गौतम बुद्ध विमानस्थलबाट […]

