CLI
Global College

विकास विरोधी गतिविधिले नेपालमा लगानी निरुत्साहित हुन्छ – चन्द्र ढकाल

काठमाडौं । नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विकास विरोधी गतिविधिले नेपालमा लगानी निरुत्साहित हुने धारणा राखेका छन् । राजधानीमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा उनले  नेपालको पुर्वी पहाडी जिल्ला ताप्लेजुङ्गको पबित्र धार्मिक तथा सांस्कृतिक स्थल पाथिभरा मन्दिरमा जाने केबलकारको निर्माणमा भएको विरोध अवरोध  र केवलकारसँग जोडेर बैङ्क माथि भएको आक्रमण प्रति  लक्षित  गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यस प्नकारका गतिविधिले  नेपालमा लगानीको वातावरण निरुत्साहित हुने हुँदा   कुनै पनि बहानामा पूर्वाधार विकासमा अवरोध नर्गन आग्रह गरेका  हुन्  । उनले विकासलाई राजनीति र धर्म भन्दा माथी राखेर हेर्न राजनीतिक दल तथा आम नागरिकलाई आग्रह  समेत गरका छन् ।

उनले सरकारले आर्थिक विकासको लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने र लगानीमैत्री वातावरण बनाउने भनिरहेको सन्दर्भमा  पछिल्लो समय पूर्वाधारको विकास रोक्न विभिन्न तहबाट भइरहेका गतिविधिहरु खेदजनक रहेको  जनाए  ।   पाथिभरा केवलकार परियोजनाको बारेमा पछिल्ला समय भइरहेका विरोध तथा टिप्पणी प्रति लक्षित गर्दै उनले भने , “एकातिर हामीले विकासको लागि स्वदेशी तथा विदेशी लगानी भित्र्याउने कुरा गरिरहेका छौं, अर्कोतर्फ पूर्वाधार विकासमा भइरहेका लगानीलाई विभिन्न बहानामा रोक्ने र नकारात्मक टिप्पणी गर्ने गरेका छौं । यसबाट लगानीको वातावारण मात्रै बिग्रिने होईन, स्वदेशमै रोजगारी सिर्जना गर्ने र रोजगारकिा लागि विदेशिएका युवाहरुलाई नेपालमै रोक्ने अभियानलाई समेत अवरोध गरेका छौं ।”

आफुले नेपालमा रोजगारी सिर्जना होस् भनेर काम गरिरहेको अवस्थामा विभिन्न नाममा विरोध हुनु दु:खद भएको बताउँदै उनले पाथिभरा केवलकार परियोजनाले कुनै धर्म संस्कृतिलाई असर गर्ने भन्दा पनि त्यसको प्रवद्र्धनमा सघाउ पुर्‍याउने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय कला संस्कृतिको संरक्षणमा सघाउ पुर्‍याउने गरी परियोजना सञ्चालग गर्न लागिएको बताए  ।

“म आफुपनि कुनै बेला कामको लागि विदेश गएको हुँ । नेपालमै केही गर्नुपर्छ भन्ने भावना बोकेर नेपाल फर्किएर केही गरिरहेको छु । हजारौंलाई रोजगारी दिएको छु । अहिले पनि नेपाली युवाहरु खाडी र मलेशियामा दुख गर्न बाध्य छन् । पाथीभरामा केवलकार बन्दा स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । केही हजार युवालाई मुलुकभित्रै अवसर सृजना गर्न सकिन्छ,” उनले भने  ।

उनले सोही केवलकारको विषयलाई लिएर नेपालको बैंक तथा वित्तीय संस्थाहरुलाई समेत अनावश्यक विवादमा तान्ने प्रयास भइरहेको उल्लेख गर्दै यस्ता गतिविधिले आन्तरिक तथा बाह्य लगानीलाई निरुत्साहित गर्ने धारणा राखेका थिए  ।

Leave Your Comment

Related News