पोखरा विमानस्थल निर्माणमा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनलाई नेपाल सरकारको अनुरोध

काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका […]

एडिबीले नेपाललाई थप सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई थप सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग जाकारी दिएका हुन् । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत एडिबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, […]

अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–८ मा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । बिहानैबाट अवरुद्ध भएको राजमार्ग सूचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । बिहानैबाट सडक अवरुद्ध हुँदा सवारी साधान बाटोमा नै रोकिएका छन् । यसअघि मङ्गलबार […]

भोजपुरको आमचोक गाँउपालिकाले गर्यो चौध सय रोपनीमा चियाखेती

काठमाडौं । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो । गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब एक हजार चार सय रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय […]

पुल निर्माणको माग गर्दै जनप्रतिनिधि सहित १० युवा आमरण अनशनमा

काठमाडौं ।  धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीयहरुले सामुहिक आमरण अनशन शुरु गरेका छन् । कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाईमा आन्दोलित स्थानीयहरु जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडी आमरण अनशन बसेका हुन् । गत साता मात्रै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई […]

पाँच सय ३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण, यो बर्ष सबै स्थानिय तहमा पुग्ने

काठमाडौं । मुलुकका पाँच सय ३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण भएका छन् । एक सय ९६ स्थानीय तहमा आंशिक रुपमा बिजुली पुगेको छ ।  देशभर सात सय ५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) छन् । हालसम्म राष्ट्रिय प्रसारणको विद्युत् १८ स्थानीय तहमा पुग्न सकेको छैन । राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका […]

लोकमार्ग निर्माणले खानेपानीमा समस्या

काठमाडौं । कास्कीको मादी गाउँपालिका र पोखरा महानगर खण्डमा मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा खानेपानीको मुहान पुरिएको छ । पोखरा महानगरको साबिक लेखनाथ नगरपालिकामा खानेपानी आपूर्ति गर्दै आएको लेखनाथ खानेपानी उपभोक्ता संस्थाको मादी–७ को गिउजे खोलाको मुहान पुरिएको हो । गएको हिउँदमा लोकमार्ग निर्माणका क्रममा बाटोमुनि रहेको माटो र आएका दर्जनौँ पहिरा गिउजे खोलामा पुगेपछि मुख्य […]

कोशी प्रदेशमा सडक गुरुयोजना बनाइने

काठमाडौं । कोशी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाएर काम गर्ने तयारी थालेको छ । सडकको पहिचान गरी वर्गीकरण गर्ने र त्यसका आधारमा प्राथमिकीकरण गरेर सडक सञ्जाल बनाउने तयारी सुरु गरिएको हो । कोशी प्रदेशमा प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रदेशिक सडक र अन्य सडक गरेर करिब ६ हजार किलोमिटरको सडकसञ्जालको गुरु योजना बनाउन तयारी गरिएको […]

निजी क्षेत्र मैत्री नीति निर्माणमा सहयोग गर्ने सांसदको  प्रतिवद्धता

काठमाडौं । निजी क्षेत्र मैत्री नीति निर्माणमा सहयोग गर्ने दुवै संसदका सदस्यले  प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आयोजित कार्यक्रममा सहभागी सांसदहरुले निजी क्षेत्रलाई काम गर्न वाधा नपुग्ने गरि नीति निर्माण गरिने प्रतिवद्धता जनाएका हुन । कार्यक्रममा दुवै सदनका सांसद गरी १०० भन्दा बढी सहभाघि थिए । कार्यक्रममा उप प्रधानमन्त्री एवं अर्थमन्त्री […]

काठमाडौं प्लाजा नजिकको सडक भाँसियो, पुरिएको टुकुचा खोला देखियो

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजा नजिकको सडकमा भ्वाङ परेको छ । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भाँसिएको हो । यो सडक एकतर्फी छ । प्रहरीले घेरा हालेर राखेका छन् भने हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ । सडक भासिँदा बिहीबार रातिदेखि आवागमन पनि रोकिएको छ । भाँसिएको […]