फ्लोरा एक्स्पोमा दुई दिनमा ५८ लाखको कारोबार
काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा जारी २६ औँ फ्लोरा एक्स्पोमा दुई दिनमा ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । शुक्रबारबाट जारी एक्स्पोको दोस्रो दिन शनिबारसम्म सो कारोबार भएको हो । यस्तै, एक्स्पोमा ३१ हजारभन्दा बढीले अवलोकन गरेका छन् । सोमबारसम्म चल्ने सो एक्स्पोलाई ६० हजारले अवलोकन गर्ने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखिएको फ्लोरिकल्चर एसोसिएसन […]

