सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ : चेम्बर निर्वतमान अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले सुदुरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताए । सुदुरपश्चिम चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिलाई कैलालीमा बधाई तथा शुभकामना दिने क्रममा निर्वतमान अध्यक्ष मल्लले प्रदेशको कृषि, पर्यटन, जलविद्युत विकास मार्फत समृद्धिको मार्गचित्र कोर्नुपर्ने बताए । मल्लले भने, ‘राजनीतिक दृष्टिकोणले सुदुरपश्चिम प्रदेश संधै […]

ढोरपाटन सिकार आरक्ष: पहिलो याममा १० नाउर र पाँच झारलको सिकार

ढोरपाटन । बागलुङको ढोरपाटनमा यस वर्षको पहिलो याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ। नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए। एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन […]

नेपाल–भारत कर प्रणाली असमानताले तस्करीको समस्या विकराल 

काठमाडौं । नेपाल र भारतबीच कर प्रणालीमा समानता नहुँदा सीमावर्ती क्षेत्रमा चोरी–तस्करीका गतिविधि निरन्तर बढिरहेका छन्। दुई देशको शासन प्रणाली र कर प्रणाली फरक भए पनि खुला सीमा भएका कारण तस्करी नियन्त्रणका लागि एकरूप कर प्रणाली आवश्यक रहेको जानकारहरूको भनाइ छ। वीरगञ्जका उद्योगी–व्यवसायीहरूले भारतले लागू गरेको वस्तु तथा सेवा कर (जिएसटी) र नेपालको भन्सार मूल्याङ्कन […]

१ करोडभन्दा बढी कारोबार गर्ने कम्पनीको आय विवरण बुझाउने म्याद थप

काठमाडौं । अर्थ मन्त्रालयले आय विवरण बुझाउने म्याद थप गरेको छ । मन्त्रालयको मंसिर २३ गतेको निर्णय अनुसार १ करोड भन्दा बढी कारोबार गर्ने कम्पनीहरुको विवरण बुझाउने म्याद पुस १ सम्म थप गरेको  हो मन्त्रालयले २५ करोडसम्म कारोबार गर्ने कम्पनीहरुलाई कर विवरण बुझाउने असोज मशान्तसम्म मात्रै दिएको थियो । अब १ करोड भन्दा बढी कारोबार […]

सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गरिने

काठमाडौं । सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ । सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले गरेको निर्णय अनुसार राष्ट्रिय समन्वय समितिका संयोजक कार्यदलको संयोजक रहनेछन् । सदस्यहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव, महान्यायधिवक्ता कार्यालयका नायव महान्यायधिवक्ता, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, […]

आर्थिक कूटनीतिलाई प्राथमिकता राख्न प्रस्तावित राजदूतहरूलाई सीएनआईको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले प्रस्तावित राजदूतहरूसँग आर्थिक विषय केन्द्रित छलफल गरेको छ । छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गरे । आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्दै लगानीका क्षेत्रका विषयमा सम्बन्धित देशका लगानीकर्ताहरूलाई नेपालसँग जोड्न राजदूतहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष अग्रवालले […]

सिमेन्ट उत्पादकसँग वाणिज्यले माग्यो मूल्यसूची

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट उत्पादकसँग मूल्यसूची मागेको छ । आइतबार निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग गरेको छलफलपछि मूल्यसूची मागिएको विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए । उनले उद्योगीहरुलाई मूल्य बढ्नुपर्ने आधारसहित सात दिनभित्र मूल्यसूची बुझाउन निर्देशन दिएका छन् । निर्माण व्यवसायीले निर्माण सिजनमा सिमेन्टको मूल्य १ सय देखि १ सय […]

राजस्व चुहावट र कर छली रोक्न संयुक्त रूपमा अघि बढ्ने निर्णय

काठमाडौं । आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच आइतबार बसेको अन्तरविभागीय प्रमुखहरूको बैठकले कर छली र राजस्व चुहावट नियन्त्रणमा समन्वयात्मक रूममा अघि बढ्ने निर्णय गरेको छ । राजस्व चुहावट तथा कर छलीसँग सम्बन्धित विविध विषयमा गम्भीर रूपमा छलफल गरी नियन्त्रणका लागि विभिन्न निर्णय गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागका सूचना […]

भ्रष्टाचार निवारणमा सरकार असफल

काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन् । भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता […]

बीआरआईबारे कांग्रेस: कुनै द्विविधा नलिइकन अनुदान सम्झौता कार्यान्वयन गर्छौँ

काठमाडौं । नेपाली कांग्रेसले बीआरआईका विषयमा कुनै द्विविधा राख्नुपर्ने अवस्था नरहेको बताएको छ। कांग्रेस प्रवक्ता प्रकाशरण महतले बिहान बूढानीलकण्ठमा सञ्चारकर्मीहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भने, ‘अनुदान सहयोग लिने हिजोको पनि हाम्रो निर्णय थियो। आज पनि त्यही निर्णयमा हामी कायम छौँ। नेपाल सरकारले चीन सरकारसँग जुन हस्ताक्षर गरेको छ, त्यसले त्यसले पनि अनुदान दिने कुरालाई […]