नेपाल र बेलायत सरकारबीच १२ अर्ब रुपैयाँ भन्दा बढी अनुदान सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता” कार्यक्रमको लागि करिव ६.५ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता रकम रहेको छ। ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन तथा वातावरण मन्त्रालयअन्तर्गत […]

