उखु किसानले पाउने अनुदान बढ्यो
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उखु खेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् । बजेट प्रस्तुत गर्दे अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । चालु आर्थिक वर्षका लागि ८० करोड विनियोजन गरिएको थियो ।

