सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ ४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत […]

बूढीगण्डकीको लगानी ढाँचा सहमति पछि कुलमानले भने– ‘मेरो कार्यकालको एउटा महत्त्वपूर्ण उपलब्धि हो ‘

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचामा सहमति भएपछि पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ आफ्नो कार्यकालको उपलब्धिको रूपमा अर्थ्याएका छन् । बूढीगण्डकीको लगानी ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले सहमति प्राप्त गरेपछि घिसिङले यस्तो बताएका हुन् । हाल उज्यालो नेपाल पार्टीको अध्यक्षसमेत रहेका घिसिङले भनेका छन्– यो केवल […]

पौने ४ खर्ब लागतको बुढीगण्डकी जलविद्युत आयोजनाको लगानी ढाँचा स्वीकृत

काठमाडौं ।  सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) स्वीकृत गरेको छ । अर्थ मन्त्रालयका साथै राष्ट्रिय योजना आयोगबाट उक्त जलविद्युत आयोजनाको लगानी ढाँचा स्वीकृत भएको हो । निवर्तमान उर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले शनिबार शनिबार बिहान समाजिक सञ्जालमा टिप्पणी गर्दै यस्तो जानकारी दिएका हुन् […]

सुपरमाई हाइड्रोपावरको लक इन अवधि फागुन ४ गते सकिंदै

काठमाडौं । सुपरमाई हाइड्रोपावरको स्थानीय बासिन्दा, संस्थापक सेयरधनी तथा कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि आगामी फागुन ४ गते सकिने भएको छ । कम्पनीको कुल ४८ लाख २५ हजार ७०० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो । हाल संस्थापक समूहको ४२ लाख ८० हजार कित्ता सेयर, स्थानीयको ५ लाख ३५ कित्ता र कर्मचारीहरुको १० हजार […]

सरकारले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले माघ ४ गते ५ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । कार्यालयले २८ दिनेका लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी जारी गर्दैछ । कार्यालयका अनुसार उक्त ट्रेजरी बिल फागुन ५ गते […]

सूचीकृत हुने हाइड्रोपावर कम्पनीहरुको संख्या १६ गुणाले बढ्यो, लाभांश दिनेको संख्यामा भने ७ गुणा वृद्धि, कुन वर्ष कतिले दिए ?

काठमाडौं । पछिल्लो १ दशकमा नेप्सेमा सूचीकृत हुने हाइड्रोपावर कम्पनीहरुको संख्यामा व्यापक वृद्धि देखिएको छ । १० वर्ष अगाडि अर्थात, २०७१-७२ मा नेप्सेमा सूचिकृत हाइड्रोपावरको संख्या ६ वटा थियो । चालु आवको पुस मसान्तसम्म आइपुग्दा यो संख्या ९८ पुगेको छ । यस आधारमा पछिल्लो १ दशकमा सूचीकृत हुने जलविद्युत कम्पनीहरुको संख्या १६.३३ गुणाले बढेको छ । […]

कालिका पावर कम्पनीको आम्दानी बढ्यो, ‘होल्डिङ कम्पनी’को रूपमा विकास गरिँदै

चितवन । कालिका पावर कम्पनीको आर्थिक वर्ष २०८१-८२ मा सेयर आम्दानी बढेको छ । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा १५ .९५ प्रतिशतले सेयर आम्दानी वृद्धि भएको हो । कम्पनीको १८औँ वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष सुरेन्द्र पाण्डेद्वारा प्रस्तुत प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा जम्मा प्रतिसेयर आम्दानी ९.०९ रहेकामा २०१-८२ मा १०.५४ पुगेको छ । कालिका […]

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित

दार्चुला। अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर दिनुपर्ने मागसहित स्थानीय आन्दोलित भएका हुन् । हाइड्रोपावर कम्पनीले सेयर जारी गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था सिर्जना भएको आरोप लगाउँदै मकरीगाड सेयर […]

सोलु हाइड्रोपावरले मंगलबारदेखि आइपीओ बिक्री खुला गर्दै, आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं 

काठमाडौं । सोलु हाइड्रोपावरले मंगलबार (पुस २९ गते)देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । यस कम्पनीले २ अर्ब रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । त्यसमध्ये, पहिलो […]

साझा पावर कम्पनीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं ।  साझा पावर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीको संचालक समितिको अध्यक्ष कुवेरमणी नेपालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ । त्यसै सभाले लेखा परीक्षण प्रतिवेदन सहितको आषाढ ३२, २०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह […]