आईपीओ अनुमतिमा कमिसन प्रकरण : धितोपत्र बोर्डमा अख्तियारको छापा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत् कम्पनीहरूका प्राथमिक शेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन कमिसन मागेको गम्भीर आरोप सार्वजनिक भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डको कार्यालयमा छापा मारेको छ। बुधबार मध्याह्न करिब १२ बजे अख्तियारको टोली ललितपुरको खुमलटारस्थित सेबोनको कार्यालयमा पुगेर छानबिन थालेको हो। आयोगले आईपीओ निष्कासन प्रक्रियामा रहेका केही कम्पनीका फाइलहरू मागेर विवरण […]

सांसद सापकोटाद्वारा संसदमा जलविद्युत् आईपीओ अवरोधको विषयमा छानबिनको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले आज प्रतिनिधि सभामा बोल्दै जलविद्युत् आयोजनाका आईपीओ रोकिएको विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसद सापकोटाले नेपाल धितोपत्र बोर्डले कमिसनको कारण देखाउँदै २२ महिनादेखि ४३ वटा जलविद्युत् आयोजनाका ८९ कम्पनीको ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अनुमति नदिएको समाचार […]

तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु

पर्वत । ऊर्जा नदीका रुपमा विकास भएको पर्वतकाे मोदीखोलामा उत्पादित जलविद्युत्लाई एकीकृत रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ। कुश्मा नगरपालिका–७ खरेहादेखि मोदी गाउँपालिका–२ देउपुरमा रहेको नयाँ मोदी प्रसारण लाइनको स्टेसनसम्म नयाँ प्रसारण लाइन निर्माण सुरु गरिएको हो । प्रसारण लाइनका लागि हाल जग्गा अधिग्रहण भइरहेको छ। […]

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए । राष्ट्रपति रामचन्द्र […]

ठूलोखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

काठमाडौं । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत्गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट  म्यानेजर’ विनोद पौडेलले जानकारी दि]एका छन् । उनका अनुसार, बाँध, सुरुङ, विद्युत्गृह […]

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको तीन वर्षअघि निर्माण सुरू भएको आयोजनाको भौतिक प्रगति ९० प्रतिशत पुगेको हो । आयोजना प्रमुख लोकबहादुर नायकले बाँध, विद्युत् गृह र पाइपलाइन जडान सकिएको आयोजनाको विद्युत् गृहमा उपकरण जडान […]

नबीकरणिय उर्जाको बैकल्पिक स्रोतको रुपमा सौर्य,बायु हाइड्रोजन उर्जाको बिकास गर्ने

काठमाडौं ।नबीकरणिय उर्जाको बैकल्पिक स्रोतको रुपमा सौर्य,बायु हाइड्रोजन उर्जाको बिकास गर्ने जनाएको छ ।   सो कुरा  राष्ट्रपति राम चन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने […]

विद्युत् प्राधिकरणको स्वेतपत्र सार्वजनिक : संचित नाफा ४६ अर्ब र नोक्सानी ५ अर्ब नोक्सानीमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भावी योजना र कार्यसम्पादन मूल्यांकनका लागि श्वेतपत्र जारी गरेका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणको श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा उनले प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको बताएका छन् । कार्यकारी निर्देशक शाक्यले आगामी दिनमा प्राधिकरणको भावी योजना बनाउन श्वेतपत्र जारी गरेको बताए । […]

लिवर्टी इनर्जीले बडिगाड खोलाको लाइसेन्स बेच्यो

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको बागलुङ जिल्ला स्थित २४.६ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको लाइसेन्स बिक्री गरेको छ । कम्पनीले आफ्नै शतप्रतिशत स्वामित्व रहेको बडिगाड हाइड्रोपावर लिमिटेडलाई आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र बिक्री गरेको हो । विद्युत विकास विभागले वैशाख १७ गते सो लाइसेन्स बडिगाड हाइड्रोपावर लिमिटेडको नाममा हस्तान्तरण गरिएको जानकारी […]

सान्भि इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं ।सान्भि इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको थियो। […]