भारतद्वारा ३५० मेगावाट बिजुली रोकिँदा नेपालमा लोडसेडिङ खतरा मडारिदै
काठमाडौं । नेपालले भारतबाट प्रोजेक्ट स्टेयरिङ कमिटी (पीएससी) मार्फत आयात गर्दै आएको ३५० मेगावाट बिजुली पछिल्लो चार दिनदेखि रोकिएको छ। भारतको यो निर्णयका कारण नेपालमा औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या थप चर्किएको छ। नेपाल विद्युत् प्राधिकरणको लोड डिस्प्याच सेन्टरका प्रमुख चन्दन घोषका अनुसार भारतबाट पीएससीमार्फत आपूर्ति भइरहेको बिजुली हाल रोकिएको छ। नेपाललाई पीएससीमार्फत साढे चार सय मेगावाट […]

