तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो

काठमाडौं । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छ भने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । प्याकेज–२ अन्तर्गत विद्युत्गृह निर्माणमा […]

नेपाल हाइड्रो डेभलपर्सले माथिल्लो खुदी जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले माथिल्लो खुदी जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीको असोज २३ गतेको सञ्चालक समिति बैठकले माथिल्लो खुदी जलविद्युत आयोजनामा १० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरले १० लाख कित्ता सेयर खरिद गर्ने भएको हो । माथिल्लो खुदी जलविद्युत आयोजना सुपर […]

आज रु रु जलविद्युत परियोजना को लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आज रु रु जलविद्युत परियोजना को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ३० गते, बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको […]

निर्धारित समयमै काम सक्न तनहुँ जलबिधुतको कामले दसैँमा पनि पायो निरन्तरता

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैँमा पनि कामलाई निरन्तरता दिएको छ । निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वका समयमा पनि नरोकिएको आयोजनाले जनाएको छ । आयोजनाका तीनवटै ‘प्याकेज’का काम दसैँमा निरन्तर सञ्चालन भइरहेको र हाल २२ चिनियाँ, दुई सय जना नेपाली प्राविधिक तथा कामदारसहितले काम […]

नेपाल र बंगलादेेशको बीचमा भएको बिधुत व्यापार सम्झौताको इप्पानले गर्यो स्वागत

काठमाडौं । नेपाल र बंगलादेशबीच २०८१ असोज १७ गते ४० मेगावाट बिधुत विक्री सम्झौता (पीएसए) को स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले  स्वागत गर्दै, सम्झौतालाई ऐतिहासिक सम्झौता भएको बताएको छ   । सन् १९७१ देखि नेपाल र भारतबीच विधुत  आदानप्रदान भएकोमा सन् २०१४ मा दुई देशबीच विद्युत व्यापार सम्झौता (पीटीए) भई अल्पकालीन रुपमा विद्युत व्यापार हुँदै […]

लाभांस दर घटाउँदै पुन: बोलायो अपि पावरले साधारणसभा

काठमाडौं । अपी पावर कम्पनीले आर्थिक वर्ष २०८०\८१का लागि प्रस्ताव गरेको  लाभांश घटाएको छ। खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका बिधुत नियमन आयोगमा पठाएको थियो । कम्पनीको प्रस्तावित रकम आयोगले वितरण गर्न नमिल्ने भन्दै अस्वीकृत गरेको थियो। आयोगबाट प्रस्तावित रकम […]

अरुण भ्याली हाइड्रोपावरको वार्षिक साधारण सभा हुँदै बुकक्लोज कहिले

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले २७ औँ वार्षिक साधारण सभा होटल क्रिस्टल पशुपती, गौशाला काठमाडौँमा कात्तिक १४ गते गर्ने भएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५७ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले […]

बंगलादेश विद्युत निर्यात गर्ने बाटो खुल्यो, नेपाल, भारत र बंगलादेशबीच सम्झौता

काठमाडौं । नेपालबाट बंगलादेश विद्युत् निर्यातको बाटो औपचारिक रुपमा खुलेको छ । नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच बिहीबार विद्युत् बिक्री सम्झौता भएको छ । यस सम्झौतासँगै नेपालले पहिलो पटक तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने भएको हो । नेपालले तीन वर्षदेखि नै भारतमा विद्युत निर्यात गर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट […]

नेपालको बिजुली बङ्गलादेशले  किन्ने  आज सम्झौता हुँदै

काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी […]

बाढी पहिरोबाट २० जलविद्युत परियोजना प्रभावित, २ अर्ब ३१ करोड क्षति

काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले जलविद्युत परियोजनामा ठूलो क्षति पुर्याएको छ । बाढी तथा पहिरोबाट निजी क्षेत्रका २० वटा जलविद्युत परियोजना प्रभावित छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इप्पान०ले संकलन गरेको पछिल्लो तथ्यांकले सञ्चालन र निर्माणधिन अवस्थामा रहेको २० वटा परियोजना क्षतिग्रस्त भएको देखाएको हो । त्यसमा १५ […]