बढ्न थाल्यो सेयर बजारमा चहलपहल, चुनाव नजिकिएसँगै माहोल बनेको हो ? विगतको निर्वाचनमा कस्तो थियो सेयर बजारको माहोल ?

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । पछिल्ला दिनहरुमा नेप्से सूचक विस्तारै बढ्दै जानु र कारोबार रकममा सुधार देखिनुले बजारमा केही सकारात्मक माहोल बनेको छ । हालका दिनहरुमा नेप्से सूचक बढ्दै जानु र कारोबार रकम समेत सुधार देखिनु भनेको सेयर बजार सकारात्मक हुनु हो […]

घरजग्गा कर्जा उठ्न नसक्दा बैंकमा थुप्रियो गैरबैंकिङ सम्पत्ति, पुग्यो ५१ अर्ब गैरबैंकिङ सम्पत्ति

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]

नेप्सेका कर्मचारीले पाउने बोनस रकम आधा भन्दा धेरैले घट्यो, कति पाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरुले पछिल्ला वर्षहरुमा पाउने बोनस रकममा उल्लेख्य गिरावट आएको देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा नेप्सेका कर्मचारीहरुले जम्मा २ करोड ४३ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पाएको १ करोड ३२ लाख रुपैयाँको तुलनामा केही वृद्धि भए पनि त्यसअघिका […]

१९ बैंकको बढ्यो सेयर धितो कर्जा प्रवाह, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा वाणिज्य बैंकहरूको सेयर धितो कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याकं अनुसार बैंकहरूले कुल १ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेका छन्, जुन गत वर्षको तुलनामा ४५.७६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा ८६ अर्ब ३३ करोड […]

सूचीकृत हुने हाइड्रोपावर कम्पनीहरुको संख्या १६ गुणाले बढ्यो, लाभांश दिनेको संख्यामा भने ७ गुणा वृद्धि, कुन वर्ष कतिले दिए ?

काठमाडौं । पछिल्लो १ दशकमा नेप्सेमा सूचीकृत हुने हाइड्रोपावर कम्पनीहरुको संख्यामा व्यापक वृद्धि देखिएको छ । १० वर्ष अगाडि अर्थात, २०७१-७२ मा नेप्सेमा सूचिकृत हाइड्रोपावरको संख्या ६ वटा थियो । चालु आवको पुस मसान्तसम्म आइपुग्दा यो संख्या ९८ पुगेको छ । यस आधारमा पछिल्लो १ दशकमा सूचीकृत हुने जलविद्युत कम्पनीहरुको संख्या १६.३३ गुणाले बढेको छ । […]

सोलु हाइड्रोपावरले मंगलबारदेखि आइपीओ बिक्री खुला गर्दै, आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं 

काठमाडौं । सोलु हाइड्रोपावरले मंगलबार (पुस २९ गते)देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । यस कम्पनीले २ अर्ब रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । त्यसमध्ये, पहिलो […]

३ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत, बोनसको भरमा ठूलो पुँजी विस्तार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ३ खर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार ११ वर्षमा (चालु आवको पुस २२ गतेसम्म) कम्पनीहरुको ३ खर्ब ४७ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको हो । यी वर्षहरुमध्ये २०७८-७९ मा सबैभन्दा धेरै ६१ अर्ब ७९ करोड रुपैयाँ बराबरको बोनस सेयर […]

‘लकडाउन’को कठिन समयमा भन्दा हाल न्यून दरमा झर्यो बैंकहरुको बेस रेट, तरलता फालाफाल

काठमाडौं । वाणिज्य बैंकहरुको बेस रेट पुस महिनामा औसत ५.४५ प्रतिशत कायम भएको छ । यो मंसिरको भन्दा कम हो । मंसिरमा बैंकहरुको औसत बेस रेट ५.६० प्रतिशत हाराहरी थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको बेस रेट लगातार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०२३ मा वाणिज्य बैंकहरुको आधार दर औसतमा १०.८५ प्रतिशत […]

विकटमा सेयर बजारको पहुँच न्यून, ८ जिल्लामा जनसंख्याको १० प्रतिशत कमको डिम्याट खाता, कुन जिल्लामा कति ? विस्तृतमा

काठमाडौं । नेपालको सेयर बजार विस्तार अझै पनि भौगोलिक रुपमा असन्तुलित देखिएको छ । विशेषगरी हिमाली तथा विकट जिल्लामा सेयर बजारको पहुँच न्यून रहँदा डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या निकै कम रहेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकले सहरी र केही सीमित जिल्लामा मात्रै सेयर बजार केन्द्रित भएको देखाएको छ । सीडीएससीका अनुसार ८ वटा […]

साढे ५ लाखभन्दा बढी व्यक्तिसँग एकभन्दा धेरै डिम्याट खाता, संख्या बढेपनि लगानीकर्ताको यथार्थ फरक

काठमाडौं । नेपालमा एकभन्दा बढी डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या साढे ५ लाखभन्दा बढी पुगेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार हालसम्म ५ लाख ६२ हजार लगानीकर्तासँग एकभन्दा बढी डिम्याट खाता रहेको छ । जुन कुल डिम्याट खाता संख्याको ७.७४ प्रतिशत हिस्सा हो । हाल नेपालमा ७२ लाख ५९ हजार डिम्याट खाता […]