शिवम् सिमेन्ट्स र लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, कुन कति ?

काठमाडौं । शिवम् सिमेन्ट्स र लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेका हुन् । जसमध्ये शिवम् सिमेन्ट्सले २.५० प्रतिशथ बोनस सेयर करसहित १० प्रतिशत नगद लाभांश गरी १२.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुक […]

सूचीकृत निर्जीवन बिमामध्ये प्रभु इन्सुरेन्स मात्र नाफामा, बिमा शुल्क संकलन भने बढ्यो, कुनको कस्तो छ अवस्था ?

काठमाडौं । सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोजसम्म ठूलो नोक्सानी व्यहोरेका छन् । जेनजी आन्दोलनमा भएको क्षतिका कारण बिमा कम्पनीहरुले दाबी भुक्तानी ह्वातै बढेको हो । त्यसैले गर्दा सञ्चालनमा रहेका १४ कम्पनीमध्ये १२ वटाले खुद घाटा व्यहोरेका छन् । जसमध्ये प्रभु र नेसनल इन्सुरेन्सले मात्र नाफा आर्जन गरेका छन् । बाँकी कम्पनीहरु […]

सन नेपाल लाइफ इन्स्योरेन्स र लुम्बिनी वर्ल्ड पीस फोरम बीच ‘१ मिलियन ट्रीज क्याम्पेन’ का लागि CSR सहकार्य

काठमाडौँ — सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ अघि बढाउने औपचारिक सम्झौता गरेको छ। प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारमा योगदान गर्ने उद्देश्यले गरिएको यो सहकार्यले देशभरका समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। कम्पनीका अनुसार, […]

हिमालयन रिइन्स्योरेन्सको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको नाफा बढेको छ । कम्पनीको चालु आवको पहिलो त्रैमासिक अवधिमा खुद नाफा ८.६ प्रतिशत बढेर २४ करोड ५८ लाख रुपैयाँ पुगेको छ। गत आवको यसै अवधिमा यस्तो नाफा २२ करोड ६३ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी ९.३ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको छ । गत […]

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

काठमाडौं । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल प्रिमियर लिग २ को ट्रफी सानिमा रिलायन्स लाईफमा इन्स्योरेन्स लि. को प्रधान कार्यालय, नक्सालमा लगिएको छ। सानिमा रिलायन्स सह – प्रायोजक रहेको उक्त कार्यक्रम यही मङ्सिर १ गतेबाट किर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ। कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले नेपालमा क्रिकेटको महत्व तथा खेलको लोकप्रियता […]

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेशनलाई आर्थिक सहयोग

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समता एजुकेशन फाउन्डेशनलाई पाँच लाख रुपैयाँ (रु. ५,००,०००/-) आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। समता एजुकेशन फाउन्डेशन नेपालको शैक्षिक क्षेत्रमा स्थापित एक गैर–नाफामुखी संस्था हो, जसले “शिक्षा सबैका लागि” भन्ने मूल नारा अनुरूप आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका बालबालिकाहरूलाई सुलभ र गुणस्तरीय शिक्षा प्रदान […]

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सले २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९४ प्रतिशत […]

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि मंगलबार (कात्तिक २५ गते) ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरे । कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले सो सम्झौताबाट बीमा क्षेत्रको एयरमार्क प्रणालीलाई […]

जेन–जी आन्दोलनमा भएको क्षतिमा २३ अर्ब बीमा दाबी, ३ अर्ब माथि भुक्तानी

काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव २३ अर्ब ४६ करोड ९१ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ३ अर्ब ६८ करोड ४१ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन्  । प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क […]

हिमालयन डिस्टिलरी ‘श्लोक’ हिमालयन प्रिमियम ह्विस्की बजारमा

काठमाडौं ।  हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ । कम्पनीले हाललाई काठमाडौंका प्रमुख स्टोरहरुमा यो नयाँ प्रिमियम ह्विस्की उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार यो व्हिस्की उत्कृष्ट शिल्पकौशलको प्रतीक हो । क्वेरकस आल्बा (Quercus Alba) काठका ब्यारेलमा परिपक्व गरिएको यो ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेल र Smoky Flavor को स्वाद […]