सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ, जसको मुख्य प्रायोजकका रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। प्रतियोगिता मे १, २ र ३ गते काठमाडौंको बूढानीलकण्ठस्थित भेलोसिटी ग्राउन्डमा सञ्चालन हुनेछ। यस प्रतियोगितामा डग्मा ग्रुप, जगदम्बा मोटर्स, नबिल बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई […]

८ बीमा कम्पनीका संस्थापक सेयरधनी अनुसन्धानको दायरामा, प्रिमियम कारोबारबारे १५ दिनभित्र विवरण बुझाउन निर्देशन

काठमाडौं ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न माइक्रो इन्स्योरेन्स तथा पुनर्बीमा कम्पनीका संस्थापक सेयर खरिदसँग सम्बन्धित प्रिमियम भुक्तानी कारोबारबारे विस्तृत विवरण माग गरेको छ। विभागले जारी गरेको सूचनाअनुसार अनुसन्धानका क्रममा अध्ययन आवश्यक परेकाले सम्बन्धित संस्थापक सेयरधनीहरूलाई अतिरिक्त शुल्क (प्रिमियम) बापत गरिएको भुक्तानीको स्रोत तथा विवरण स्पष्ट रूपमा बुझाउन निर्देशन दिइएको हो। सूचनामा वीमक नेपाल माइक्रो इन्स्योरेन्स, […]

चैतसम्मको दाबी भुक्तानी लिन बीमितलाई आईजीआई प्रुडेन्सियलको आग्रह

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्मको बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। कम्पनीका बीमितहरूको चैत मसान्तसम्ममा क्षति भई कम्पनीका प्राप्त हुन आएको बीमा दाबी सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएको र सम्पर्कमा नआएको कारण कतिपय बीमितको दाबी भुक्तानी रोकिएको कम्पनीले जनाएको छ। […]

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने अवधि थप

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीले चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको हो । इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयरमा अब बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ । इन्स्योरेन्सले हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० […]

नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । धितोपत्रसम्बन्धी ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका क्रममा श्रेष्ठ पक्राउ परेको प्रहरीको भनाइ छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा तथा सम्मानका उद्देश्यले “प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर” शीर्षकमा एक दिने विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश अन्तर्गत राप्ती/भेरी क्षेत्र तथा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा करिब १७० भन्दा बढी बीमा सल्लाहकारहरूको सहभागिता रहेको थियो। […]

फेसनल होल्डिङ्स् (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड)को वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।  प्रोफेसनल होल्डिङ्स्लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड)का शेयरधनीहरुको २०औँ वार्षिक साधारण सभा मिति २०८२  चैत्र २८ गते दिउँसो २ः०० बजे ग्लोबल कलेज, बानेश्वर, काठमाडौंमा कुल शेयरधनीमध्ये ८२.३४ प्रतिशतको गरिमामय उपस्थितिमा सम्पन्न भयो । उक्त सभाले कम्पनीको आ.व. २०८१\८२ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०८१÷८२ वार्षिक बार्षिक विवरण (२०८२ आषाढ मसान्तसम्मको […]

बैशाख २९ गतेदेखि रिलायबल समृद्धि योजना २ निष्काशन गर्दै रिलायबल क्यापिटल

काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले बैशाख २९ गतेदेखि सामूहिक लगानी कोष रिलायबल समृद्धि योजना २ को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको […]

मेटलाइफ नेपाल पुग्यो जुम्ला, दुर्गम नेपालमा बीमा पहुँच विस्तार र शिक्षालाई सहयोग गर्दै

जुम्ला । मेटलाइफ नेपालले जुम्लामा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ, जसले नेपालको सबैभन्दा दुर्गम तथा सेवा अभाव भएका क्षेत्रहरूमध्ये एकमा वित्तीय सुरक्षा र बीमा सेवाको पहुँच विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ। यो विस्तार मेटलाइफ नेपालको देशभरि, विशेषगरी दुर्गम समुदायसम्म, बीमा सेवा सहज रूपमा पु¥याउने प्रतिबद्धताको एक हिस्सा हो। जुम्लाका बासिन्दाले भोग्दै […]

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन 

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफरिस समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैशाख ८ को निर्णयअनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा डा. घनश्याम उपाध्याय सदस्य र बीमा विज्ञ डा. फत्तबहादुर केसी विज्ञ सदस्य रहेका समिति गठन गरिएको हो । नियमित रुपमा पूर्णकालीन काम नहुँदा प्राधिकरणमा नियामनको कैयौं कामहरु […]