CLI
Global College

निर्जीवन र लघु बीमा कम्पनीको व्यापार करिब ५२ अर्ब

काठमाडौं । सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनी र लघु बीमक कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्।

अघिल्लो आवको तुलनामा यो रकम १० अर्ब ७५ करोड ११ लाख रुपैयाँ बढी हो। अघिल्लो आवको सोही अवधिमा बीमाशुल्क आर्जन रकम ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ थियो।

सञ्चालनमा रहेका १४ निर्जीवन कम्पनीहरूले ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार १४ बीमा कम्पनीमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सले बीमाशुल्क आर्जन गरेको हो। कम्पनीले गत आवमा ३ लाख ३६ हजार २ वटा बीमालेख बिक्री गर्दै ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेको छ।

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ अर्ब ४२ करोड २२ लाख बीमाशुल्क आर्जन गर्दा २ लाख ६९ हजार ९९८ वटा बीमालेख बिक्री गरेको छ। तेस्रोमा, हिमालयन एभरेष्टले ३ लाख ५५ हजार ५०८ बीमालेख बिक्री गर्दै ५ अर्ब ३७ करोड ४१ लाख रुपैयाँको व्यापार गरेको छ। सिद्धार्थ प्रिमियरले २ लाख ७० हजार ६७९ वटा बीमालेख जारी गर्दै ४ अर्ब ३१ करोड ७४ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेको हो।

यता, ४ लघु बीमाले भने गत वर्ष १ अर्ब ११ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। ४ लघु बीमामध्ये पहिलोमा प्रोटेक्टिभ माइक्रोले १ लाख ४३ हजार ६८१ बीमालेख बिक्री गर्दै ३७ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। त्यस्तै, नेपाल माइक्रोले ३२ करोड ५२ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले ३० करोड ७ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेका छन्। स्टार माइक्रोले भने ३१ करोड ८१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ।

Leave Your Comment

Related News