CLI

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम भब्य रुपमा सम्पन्न भएको चितवनमा साउन १४, १५, १६ १७ गते गरी दिन विभिन्न कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो आर्थिक वर्ष २०८२/८३ को समिक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ रणनीति, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य गर्ने कर्मचारी, शाखा, शाखा प्रमुख, प्रदेश प्रमुखलाई सम्मान पावर अफ माइन्ड सेट फर विजनेस ग्रोथको तालिमका साथ कार्यक्रम सम्पन्न भएको हो

प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत  सन्तोष प्रसाईज्यूले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत  सन्तोष प्रसाईले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा गरेको व्यवसाय अघिल्लो आर्थिक वर्ष भन्दा राम्रो बृद्धिदर भएकाले सम्पूर्ण कर्मचारी, अभिकर्ता, बीमित लगायतलाई धन्यवाद व्यक्त गरे  आगामी आर्थिक वर्षको व्यवसायीक रणनीतिका बारेमा प्रष्ट पार्दै ढुक्कले अघि बढ्न हौसला समेत प्रदान गरे   

कम्पनीका व्यवस्थापन, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु, सेल्स एक्जुकेटिभ गरी देशैभरीबाट करिब २०० जनाको कार्यक्रममा उपस्थिति रहेको थियो

आर्थिक वर्ष २०८२/८३ उत्कृष्ट कार्य गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ लगायतलाई विशेष सम्मान गरेको थियो

कार्यक्रममा आचार्य राजा बाबु साहको पावर अफ माइन्ड सेट फर विजनेस ग्रोथ ट्रेनिङ सेसनले व्यवसायीक क्षमता बृद्धि गर्न उर्जा प्रदान गरेको थियो  

कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत  किशोर प्रसाद लामिछानेले कम्पनीले आगामी दिनमा अझ ठूला सफलता प्राप्त गर्न विगतका अनुभवबाट सिकेर सुधार गर्दै अगाडी जानु पर्ने बताए 

कम्पनीका नायब महाप्रबन्धक तथा नेशनल सेल्स हेड  सोन बहादुर मगरले आर्थिक वर्ष २०८३/८४ को व्यवसायीक रणनीति बारे प्रष्ट पारेको थिए 

Leave Your Comment

Related News