प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष दिनेश सरियाले लिए सपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियालाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा निर्देशक शाम्भ राज लामिछाने र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरू उपस्थित थिए ।

सक्रियता, समर्पण र विश्वास, बीमा क्षेत्रमै सफलताको शिखर चुमेकी अभिकर्ता ममता

सानिमा रिलायन्सकी ममता मिश्र : शिक्षणसँगै बीमामा असाधारण पहिचान बनाउन सफल अभिकर्ता काठमाडौं। चितवन खैरेनीटारकी ममता मिश्र पेसाले शिक्षक हुन्। स्नातक तहको अध्ययन पूरा गरेपछि उनले निजी स्कुलमा वर्षौँ शिक्षण गरिन्। शिक्षणप्रति गहिरो रुची भएकी ममताको निजी स्कुलमा पढाउदा खासै आकर्षक पारिश्रमिक भने थिएन। यसै क्रममा दिदि कविता न्यौपानेको सुझावले उनको जीवनले नयाँ मोड लियो, […]

क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न 

काठमाडौं । नेपालको विश्वासिलो लघु जीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी. र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान फेमस तास हाउस रेस्टुरेन्ट, हेटौडामा सम्पन्न भएको हो ।  क्षेत्रीय प्रमुख अजय फुयलले सञ्चालन गरेको कार्यक्रममा हेटौडा र […]

आईएमई लाइफ: सम्पत्ति शुद्धीकरण तथा आतङ्क वित्तीयन रोकथाम तालिम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक र बिभागिय प्रमुखहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण  (AML/CFT)  सम्बन्धी तालिम प्रदान गरेको छ । उक्त तालिममा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT)  […]

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच बीमा सम्बन्धी अनुसन्धान र ज्ञान आदान–प्रदान सम्बन्धी संयन्त्रण निर्माण गर्ने सम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्मा र त्रिभुवन विश्वविद्यालय, तथ्याङ्कशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रभात उप्रेतीले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा सो सम्बन्धी सझादारीपत्रमा हस्ताक्षर गरेका हुन् । […]

नेको इन्स्योरेन्सले ल्यायो “विद्यार्थी अन्तर्राष्ट्रिय स्वास्थ्य बिमालेख

काठमाडौं । नेको इन्स्योरेन्सले नेपाली विद्यार्थीहरु अध्ययनको लागि बिदेश पढ्नजाने  र सो समयमा  आइ पर्ने विभिन्न घटनाहरुले पढाईलाई निरन्तरता दिन नसक्ने जस्ता कठिनाईहरुको समाधानको लागि अभिभावकलाइ सहज हुनेगरी   बीमालेख बजारमा ल्याएको छ । यो बीमालेख अध्ययन गर्न विदेश गै सकेका विद्यार्थीहरुले समेत विदेशबाटै अनलाइनको माध्यमबाट लिन सकिने नेको इन्स्योरेन्सले जनाएको छ  । यस बीमालेखबाट विद्यार्थीको […]

सुरक्षण मुद्रण केन्द्रले छापेका लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्तरण

काठमाडौं । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) ले पहिलोपटक छपाइ गरेको सवारीचालक अनुमति पत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ। क्यूआर कोड सहितको लाइसेन्सको परिक्षण सफल भएसँगै केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले शुक्रबार यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई लाईसेन्स हस्तान्तरण गरेका हुन्। पहिलो चरणमा केन्द्रले ५ सय २० थान […]

राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष रमेश अर्यालद्वारा शपथ ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्याललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गरेका छन् । कम्पनीको संचालक समितिको मिति २०८२ साल मंसीर ५ गतेको बैठकले कम्पनीका संचालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका उनलाई संचालक समितिको अध्यक्ष पदमा […]

लघुबिमा कम्पनीहरुको नाफामा २८२ प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । सञ्चालनमा रहेका लघुबिमा कम्पनीहरुले २ करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २८२ प्रतिशत धेरै हो । गत वर्षको असोजमा कम्पनीहरुले समग्रमा ७० लाख ७० हजार रुपैयाँ नाफा कमाएका थिए । बिमा शुल्क संकलन १६७ प्रतिशतले बढेर ३८ करोड ९७ लाख पुगेको छ । गत वर्षको असोजमा […]

मेटलाइफ २०२५ मा फच्र्यून वल्र्डको उत्कृष्ट २५ कार्यस्थलको रूपमा सम्मानित

न्यूयोर्क । लगातार दोस्रो वर्ष, मेटलाइफ, इंक ((NYSE: MET)) ले फच्र्यून वल्र्डको २५ उत्कृष्ट कार्यस्थलहरू मा प्रतिष्ठित स्थान हासिल गरेको छ – यस वर्षको प्रतिष्ठित सूचीमा १० नम्बरमा रहेको छ । विश्वभरका २५ कम्पनीहरूलाई मात्र प्रदान गरिएको यो मान्यताले कम्पनीको आफ्ना मानिसहरू, ग्राहकहरू र यसले सेवा गर्ने समुदायहरूप्रतिको अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । “फच्र्यून वल्र्डको […]