सुरेन्द्र पौडेल नेपाल पुनर्बिमा कम्पनीको अध्यक्ष नियुक्त

काठमाडौं । सुरेन्द्र पौडेल नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकले  उनलाई  अध्यक्ष नियुक्त गरेको हो । पौडेल यसअघि नेपाल आयल निगम र उदयपुर सिमेन्टको महाप्रबन्धकको जम्मेवारी सम्हाली सकेका छन् ।

नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन शुक्रबार ललितपुरमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले प्राधिकरण नियामक निकाय भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न र सबै बीमा कम्पनीहरूलाई समान व्यवहार गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । अध्यक्ष पोखरेलले प्राधिकरणका कामकारवाहीमा ढिलासुस्ती नगर्न तथा हुने कामलाई हुन्छ […]

स्वास्थ्य बिमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने

काठमाडौं । आगामी कात्तिक १ गतेबाट स्वास्थ्य बिमामा आबद्ध भएका विपन्न नागरिकहरूले आठ प्रकारका कडा रोगको एकीकृत सुविधा पाउने भएका छन् । हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरूले यो सुविधा पाउँदै आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा आबद्ध गर्ने निर्णयअनुसार […]

प्राधिकरणले जारी गर्यो ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । बीमकले, रेट्रोशेसन, विदेशबाट आयात गर्ने परामर्श सेवा, बापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस गर्ने कार्यलाई पारदर्शी र व्यवस्थित गर्न वान्छनीय भएकाले विदेशी मुद्रा सटही व्यवस्थित बनाउन उक्त निर्देशीका जारी गरेको जनाएको छ । बीमा ऐन, २०७९ को […]

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी तालिम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लाउन्डरिङ (एएमएल) तथा कमबेटिङ दी फाइनान्सिङ अफ टरोरिजम (सीएफटी) सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ । वित्तीय प्रणालीमा पारदर्शिता र सुरक्षा सुदृढीकरणमा जोड दिएको विशेष तालिम कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा […]

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश, मनायो देशभर कार्यक्रम सहित बार्षिकउत्सव

काठमाडौं ।रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड आठौं बर्ष पुरा गरि नवौं बर्ष प्रबेश गरेको छ । कम्पनीले ९नौं बर्ष प्रवेश गरेको अबसरमा बार्षिकउत्सब  बिभिन्न कार्यक्रम गरि मनाएको छ । सोहि बार्षिक उत्सव मनाउने क्रममा कम्पनीले ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश अबसरमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने  बीमितहरु, नियमनकारी निकायहरु, कम्पनीको पहुँचलाई दुर दराज […]

अवितरित हकप्रद सेयर लिलामीमा बिक्री गर्दै एसियन लाइफ

काठमाडौं । एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले भदौ २२ गतेदेखि अवितरित हकप्रद सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । कम्पनीले गत असार २५ गतदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद सेयरमा आवेदन नपरेको हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको ३ लाख […]

बीमा प्राधिकरणकाे अध्यक्ष नियुक्तिकाे लागि आवेदन माग

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष  नियुक्तिको लागि गठित सिफारिस समितिले  अध्यक्षकाे लागि  आवेदन माग गरेकाे छ  । बीमा समितिका अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेपश्चात मन्त्रिपरषद बैठकले बीमा समितिकाे अध्यक्ष छनाैटकाे लागि  याेजना  आयाेगका उपाध्क्षकाे संयाेजकत्वमा ती सदस्यीय  सिफारिस समिति गठन गरेकाे थियाे । उक्त  सिफारिस समितिले  अध्यक्ष नियुक्तिको लागि  जारी गरेको  सुचना […]

आइएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीहरुले ग्रान्डी हस्पिटलमा छुट पाउने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्रान्डी हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  यस सम्झौता अनुसार इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले ग्रान्डी हस्पिटलमा उपचारसेवा लिदा १०% छुट प्राप्त गर्न सक्नेछन् । साथै, वेलनेस प्याकेजमा विषेश सहुलियत दिने विषयमा पनि सम्झौता भएको छ । सम्पर्क व्यक्तिको सम्पूर्ण जानकारी  कम्पनीको अधिकारिक बेवसाइटमा : https://imelifeinsurance.com/press-release/ मा […]

युनाइटेड अजोड इन्सुरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाइटेड अजोड इन्सुरेन्सको २१ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्ष सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।